डा. पन्थी द्वारा रुरु क्षेत्र गाउँपालिकालाई ६थान भ्रूण डपलर हस्तान्तरण

गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक बलेटक्सार ८ निवासी डा. सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान भ्रूण डपलर (Fetal Doppler) गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ।

आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको रुरु क्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उहाले सो स्वास्थ्य सामाग्री आफ्नो हजुरवुवा स्वर्गीय लिलामणी पन्थको स्मृति स्वरुप गाउँपालिकालाई उपहारका रुपमा हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष ज्ञवालीले बताउनु भयो।
गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्रीहरु निः शुल्क उपलव्ध गराएको भन्दै गाउँपालिकाले उहाँलाई धन्यवाद प्रकट गरेको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation