गरिवी घृणा होईन पाठशाला हो बुझ्नेलाई

श्यामकुमार क्षेत्री मुस्कान ।

लघुकथा…

दशैको चहलपहल चारैतिर बडेको छ । तर नहुनेको घरमा बिहानबेलुकी छाकटार्न पनि मुस्किल छ । यतिकैमा एउटा अबोध शिशुको मायालु आवाज आमा मलाई भोकलाग्यो ! भर्खर बोली फूटेको दुधे बालक गोमाको छोराको भोकको पिँडा आमाको काखमा लुटपुटिदै एकाएक पोखिन्छन । अनी गोमा आफ्नो छोराको टाउँको मुसार्दै भन्छे पख्न तेरा बुवा आउँदै होलान चामल लिएर बाटोमा । गोमा आफ्नो भर्खर बोली फूटेको छोरालाई भन्छे । गोमाको श्रीमान मनोहरी चामल किनेर ल्याउँछु भनेर पसलतिर लागेको २ घण्टा भयो अझै आउने अत्तोपत्तो थिएन । भातको लागि बसाएको तातोपानी आगो निभेर त्यहानै जीमलेर गयो । हरे शिव दुःखीको जिन्दगी ।

जन्मलिनु एउटा अभिसाप नै रहेछ । लामालामा सुस्केरा काँड्दै गोमा छोरालाई काखमा च्यापेर आफ्नो छाती चूसाएर भएपनी चूप बनाउँछे । बिचरा दुधे बालक भोकले आलसतालास भएको शरीर थाकेर निधाउँछ । अनी गोमा आफ्नो निदाएको छोरालाई काखबाट झारेर भूईमा एउटा थाङ्ना ओछाएर सुताउँछे र श्रीमानको खोजिमा के सङ्घार काटेकी हुन्छ े। नजिकै घरको छिमेकी आत्तिर कराउँदै उहितिर आउँदैथ्यो । भाउँजू–भाउँजू मनोहरी दाईलाई सडक काटदैगर्दा एउटा बसले ठक्कर दिएछ ।दाई त बाटोमा लडिरहनुभएको छ । गोमाको हात खुट्टा लगलग काम्दै दगुरेर जान्छ े। त्यहा पुग्दा धेरै मान्छेले आफ्नो श्रीमानलाई घेरिरहेको पाउँछे । चिच्चाउँछे कराउँछे तर अब मनोहरी यो संसारमा थिएन । कोसँग फिर्ता माग्नु गोमाले यो संसार छोडेरगएको उस्को श्रीमान । अब कहिले नआउँनेगरी गयो मनोहरी गोमालाई छोराको सबै सपना पूरा गर है भनेर । गोमा पनि सकिनसकी हुन्छ भन्ने बाँचागर्दै श्रीमानलाई बिदागर्छे । त्यस पछी गोमा छोरालाई बोकेर मान्छेको घर–घर काम पाईन्छ हजूर भन्दै सोध्दै हिड्छे । जहाँ पुग्थी उस्को कल्कलाउँदो जवानी नै सबैको आँखी बन्थ्यो र कामको साटो उस्ले सबैको मुखको तितो मुटु छेडने बँचन शिवाए केही पाउँदिनथी ।

गोमालाई त्यो सबैको तितो शब्दले अझै बाँच्ने साहास दिलाउँथ्यो । गोमा पढेलेखेकी नभएपनी सानामा बुढापाकाले भनेको कुरा यदाकदा अझै उस्को मस्तिष्कमा ज्युदै थिए । हामीले जस्तै सुकै दुःख मा पनि हरेस खानुहुँदैन भन्ने कुराको गोमालाई हेक्काथ्यो । यसरी डुलेको धेरै दिनसम्मपनी गोमाले काम नपाएपछी एउटा निधो गर्छे र खोलाको छेउँमा गएर एउटा बोराको पाल टाँगेर बस्ने बिचार गर्छे ।जहाँ अरु उ जस्तै दुखी धेरै थिए । ऊ पनि आज त्यहा थपिएर अरु सरह गीट्टी कुट्ने काम थालछे । आखिर जसरी भएपनी बाँच्नुथ्यो उस्ले–उस्को छोराको लागी चुटिएको मनलाई सिलाएर । ऊ आमा भएको कारणले होला ! उस्लाई–उस्को छोरो जवान भएको हेर्ने रहरथ्यो । चाहे गोमाले जुन किसिमको सङ्कट्को सामाना किन गर्नु नपरोस ! यसरी नै आज १८ बसन्त पारगरिछे गोमाले खोलाको किनार रुघेर आज उस्को छोराले आमाको दुःखको मिठो उपहार उस्को हातामा ल्याएर दिएको छ । गोमाको छोराले अब बिना शूल्क पढ्ने शुभअबसर प्राप्तगरेर पढ्ने मौका पाएको छ । गोमाको लागि यो भन्दा खुशीको क्षण के हुनसक्छ । आज गोमा धेरै खुशी छे उस्ले जिवनभरी सहेका सारा दुःखको फल पाएकी छे । गोमालाई आज यस्तो लागीरहेको छ, ऊ भन्दा जीवनमा खुशी र सुखी मान्छे कोही छैन यो संसारमा. हो पनि जस्ले महसुस गर्न सक्छ उहिनै खुशी र सुखी हुनसक्छ । धनले मान्छे कदापी खुशी हुनसक्दैन लोभिभने पक्कै हुनसक्छ । होला धनले केही ईच्छा र आकांक्षाहरु पूरा गर्छ । तर मनको पूर्णता कदाबी पूरा गर्नसक्दैन । गोमा यीनै सपनामा डुबिरहेकी हुन्छे । उस्को पछाडिबाट आवाज आउँछ । आमा ? अनी झस्किदै भन्छे ए बाबु त आईस, अनी छोरा भन्छ आएँ आमा, अनी गोमा भोकले थाकेर आईस होला ?जाभित्र खाजा छ खा । अनी छोरा भन्छ यहाँ आउँनुस त आमा मैले तपाईंलाई के ल्याइदिएको छु ।

अनी गोमा उठेर जान्छ े। अनी छोराले आमाको लागी ल्याएको उपहार झोलाबाट निकालेर देखाउँछ । र सोध्छ मन प¥यो आमा यो जुत्ता तपाईंलाई ? लगाएर हेर्नुस त ? ठिक हुन्छकी हुँदैन ? अनी गोमा आँखाभरी आँसु झारेर रुन्छे । अनी छोरा आमाको आँसु पूछदै भन्छ । आमा किन रुनुभएको ? अब म छुनी तपाईंको साहारा नरुनुस । अनी गोमा तेरो बुवाको याद आयो किनकी सधैं जनबन गरेरै प्रार्ण गयो । एउटा जुत्ताको तलुवा खिएर भूईमा खुट्टा घिर्सिदासम्म फेर्न पाएनन ,आज यो नयाँ जुत्ता देखेर याद आयो । आज यो बेला सम्म बाचेँका भए कत्ती खुशी हुन्थे होला तेरा बुवा । अनी छोरा आमाको काखमा लुट्पुटिदै भन्छ । हेर्नुस आमा बितेका कुरा सम्झेर दुखी हुनुहुँदैन भूलिदिनुस ति सब कुरा है आमा ?अनी गोमा भन्छे अतित कहिले पनि हामीले भूलेर–भूल्न सक्दैनौ छोरा त अब धेरै ठूलो भै सकिस म खुशी छु, म आँफूलाई संसारकी सबै भन्दा भाग्यमानी आमा सम्झन्छु । गोमा र उसको छोराका यीनै गन्थनसँगै छोराले भन्छ आमा म पढ्न शहर जाँदा कुनै घरमा कोठालिएर तपाईंलाई राखेर जान्छु अब तपाईं यहाँ बस्नु पर्दैन । अनी गोमा भन्छे बाबु त पढेर शहरबाट नफर्कुन्जेल म यहाँनै बस्छु ! यीही दुःखबाट त हामीले जिवनको अर्थ बुझ्ने मौका पायौ । हामीलाई सबैले लताएको बेला यस्ले हामीलाई आफ्नो आँगनमा साहारा दिएकोथ्यो । आज कसरी छोडेर जानु बाबु यती चाँडै यही खोलासँग हाम्रो गहिरो प्रिती छ.। बाबु त जब आफ्नो पढाईसकेर आउँनेछस अनी जाउँला भन्दै आफ्नो छोरालाई सम्झाउँछे गोमा । अनी छोरा भन्छ, हुन्छ आमा हजुर जे भन्नु हुन्छ । अनी त्यस पछी झस्किदै ए खाजा खान त भूसुक्कै भूलेछु आमा । अनी छोरा उठेर भित्रतिर लाग्छ । गोमा फेरी उही खोलाको छेउँमा ढुङ्गा बटुलेर हाताको औजारले ठोक्छे ! त्यो ठोकाईसँगै एकतामासको मिठो धुन गुञ्जिंदैछ खोलानै सङ्गितमय बनेर !

लेखक नौबहिनी गा,पा ८ प्यूठानको हुनुहुन्छ
हालभने कामको शिलशिलामा भारत बस्दै आइरहनु भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation