मावि शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग राख्दै विद्यार्थी संगठनको निशुल्क शिक्षामा जोड

कपिलवस्तु । माध्यमिक विद्यालयमा भएको मुल्य बृद्धि फिर्ता र संविधानमा लेखिए बमोजिम निशुल्क शिक्षा प्रदान गराउन माग गदै आएका विद्यार्थी संगठन र बाणगंगा नगरपालिका विच आज छलफन भएको छ । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकाका सामुदायिक विद्यालयहरुले कक्षा ११ र १२ को मासिक शुल्क र भर्ना शुल्कमा बृद्धि गरेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । आज बाणगंगा नगरपालिकाका नगर प्रमुख, उप– प्रमुख, सवै वडाका वडाध्यक्ष, प्रमुख प्रशासनिक अधिकृत, शिक्षा शाखा प्रमुख, कार्यदल संयोजक, ४ विद्यार्थी संगठन, ब्यवस्थापन समितिका अध्यक्ष, सरोकारवाला र राजनीतिक दलका ब्यक्तिहरूको उपस्थितिमा नगर प्रमुखको कार्यकक्षमा छलफल भएको हो ।

माध्यमिक विद्यालयमा भएको शुल्क बृद्धि बारे ४ विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए । अनेरास्ववियु अध्यक्ष अन्जित खनाल, अनेरास्ववियू जिल्ला सचिव कमल बेल्वासे, नेविसंघ नेता विशाल अधिकारी , अखिल क्रान्तिकारी (विप्लव ) जिल्ला संयोजक सपना खनाल को उपस्थितीमा आज मुल्य बृद्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । साथै कार्यदलको तालिका अनुसार आज बाणगंगा मावि लैगाईमा गएर त्यहाँको शौक्षिक शुल्क, विद्यालयको अवस्था लगायतका बिषयमा जानकारी समेत लिएको छ ।

No description available.

त्यसैगरी भोली बाणगंगाका अन्य माविमा गएर शुल्क बृद्धिको वारेमा जानकारी लिने विद्यार्थी संगठनले जानकारी गराए । बाणगंगाको शिक्षा शुल्क मात्र नभई गुणस्तर, संबिधानले उल्लेख गरेको शिक्षाकोहक लगायतका बिषयमा विद्यार्थीको आन्दोलन निरन्तर जारी रहने अनेरास्ववियू जिल्ला सचिव कमल बेल्वासे जानकारी गराए ।

विद्यार्थी संगठन र माविका प्रध्यानाध्यापक बीच बसेको वार्ता पश्चात विद्यार्थी संगठनहरुले नगरपालिकालाई गम्भीर हुन माग गर्दै भाद्र ५ गते चार दिने अल्टिमेटम दिदैं ज्ञापनपत्र बुझाएको थियोे र भदौ ८ गते नगरपालिकाले बैठक बोलाई ११ सदस्यीय कार्यदल बनाएको थियोे
नगरका मावि विद्यालयहरुले कक्षा ११ र कक्षा १२ को मासिक शूल्कमा ३ सय र भर्ना शूल्कमा १५ सय रुपैयाँ बृद्धि गराएका थिए ।

No description available.

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation