रहेनन् मोडल राजु महोत्रा

रुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ ।

विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता दर्शक माझ पु¥याएका महोत्राले आफ्नै निवासमा हात्महत्या गरेका हुन् । महोत्राले चर्चित १०० भन्दा बढी गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

महोत्राले अभिनय मात्र गर्दैनथे उनि स्वाभिमान क्रियशन प्रा.लि. का सञ्चालक समेत थिए । उनले धेरै म्युजिक भिडियोमा निर्माताको काम समेत गरेका छन् । महोत्राको यो दुखद खवरले यतिवेलन नेपाली सांगीतक बजारनै शोक मग्न भएको छ । भने महोत्राका श्रोता, दर्शकहरुले सामाजिक सञ्जाल फेशवुक, टिकटकमा फोटो राखेर हार्दिक श्रद्धाञ्जली लेखेर रङगाएका छन् ।

राजु महोत्राले आज भन्दा पाच दिन पहिला मात्र ‘ए मुना’ लोक दोहोरी गीत सार्वजनिक गरेका थिए । उनले फेशवुक स्टोरीमा समेत टिकटकमा वनाएको ए मुना म जाने वेला भो भन्दै यो समाचार तयार पार्नु भन्दा २० घण्टा अगाडी राखेका थिए ।

किन महोत्राले आत्महात्या गरे त यो विषय भने अझै पत्ता लाग्न सकेको छैन ।

राजु महोत्राको पछिल्लो गीत…

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation