रिडीमा तीन दिने बृहत् स्वास्थ्य शिविर सुरु

गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१, रिडीमा बृहत निशुल्क स्वास्थ शिविर आज देखि सुरु भएको छ। शिविरको एक औपचारिक समारोहका बिच नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेलले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको हो।

रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिस्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको सहकार्यमा शिविरको आयोजना गरिएको रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भयो । कार्यक्रममा अध्यक्ष ज्ञवालीले उक्त शिविर बाट झन्डै २५०० को हारहारिमा विभिन्न रोगका बिरामीहरुले सेवा लिने तथा जटिल प्रकारका बिरामीहरुलाइ समेत पालिकाको सहयोगमा सम्बन्धि निकाय सम्म उपचार गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। सबैको साथ सहयोग पाएमा गाउँपालिकाले आगामी दिनहरुमा पनि यस्ता शिविर आयोजना गरी सञ्चालन गर्ने उल्लेख गर्नु भयो।

कार्यक्रममा विशिष्ट अतिथी पौडेलले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई गाउँपालिकाले पहिलो एजेन्डानै बनायर शिविर सञ्चालन गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा, विभिन्न किसिमका बिरामीहरुलाई मासिक रुपमा यस्ता कार्यक्रम सञ्चालन गरे जनताले समयमै उपचारको सुविधा पाउने बताउनु भयो। भोली हुने विशेष मुटु रोग तथा सचेतना सम्बन्धि अंतरक्रिया कार्यक्रमलाई सफल पार्न उहाँको आग्रह थियो।
गाउँपालिका उपाध्यक्ष मिना देबि गौतमले कार्यक्रममा स्वागत गर्दै गाउँ बस्तीबाट विभिन्न प्रकारका रोगहरु पालेर बस्नु भएका आमा, बुवा दिदी बहिनी ,दाजुभाइहरुलाई शिविरका नाममा मात्र नभई बृहत् सेवा समेत भएको उल्लेख गर्द‌ै सबैलाई सेवा लिन तथा शिविरको सेवाको प्रचार–प्रसार गर्न आग्रह गर्नु भयो।

औपचारिक समारोहमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मी ,मुटु विशेषज्ञ डा. सुमन बन्जाडे , नेत्र ज्वती संघ केन्द्रिय सचिव भरत बहादुर चन्द्र , गुल्मी जिल्लाका सभापति शेर बहादुर थापा, रोग निवारण प्रतिस्ठान लुम्बिनी प्रदेशका अध्यक्ष अखिले स्वर पाण्डे लगाएको विशिष्ट आतिथ्यता रहेको थियो।
समारोहमा पालिकाका सबै वडाका वडा अध्यक्षहरु, गाउँकार्यापालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु ,स्थानीय राजनितिक दलका पार्टी प्रतिनिधिहरु, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरु, विभिन्न विद्यालयका प्रचार्य प्रतिनिधिहरु, पत्रकार , महिला समुह, आमा समूह ,युवा क्लबका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो।

गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल तथा स्वास्थ शाखा प्रमुख छत्र बहादुर अधिकारीले यस शिविरबाट पाल्पा स्याङ्जा गुल्मी र केही अर्घाखाँचीबाट पनि सेवा लिने बताउदै सेवामा कुनै पनि अभाव हुन नदिन डाक्टरहरुलाई निर्देशन दिनु भयो। शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
यस्तै वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले यहाँको स्थानिय संघ सस्थाको ठूलो प्रयास साथ सहयोग रहेको बताउँदै सबैले प्रयाप्त सहयोग गरेमा शिबिरबाट अपेक्षाकृत भन्दा वढी सेवा प्रवाह हुने जनाउनु भयो। कार्यक्रमको सञ्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation