कबिता
एकान्तमा बसिरहे बिर्साउनलाई मेरा मनका छुरा,
त्यहि बेला खबर पाए तिमी स्वादेश आउने कुरा ।
आफनो माटो नै बिर्सिएर बिदेशतीर किन धाउँछौ,
माला गासी बसेकी छु भन तिमी कहीले आउँछौ ?
कति बस्नु एक्लो मैले यहाँ बालबच्चा हुर्काएर,
नबस्नु है त्यतै राजा फेरी मलाई सधैं झुक्याएर।
मैले सुने रहेकी हुन्छु बिदेशतीर क्षेप्याश्र झर्यो अरे,
साँहिला माहिला धने रने खै को को नी पर्यो अरे ।
हिजोआज मेरो मन ढुक्क छैन रने धने परे पछि,
आफ्नै सिउँदो पनि बिरानो भो सातसमुद्र तरेपछी ।
कति क्षेप्याश्र भूमीबाट गाउँबस्तीको गीत गाउँछौ,
माला गासी बसेकी छु भन तिमी कहीले आउँछौ ?
स्वदेश र बिदेश पनि दुस्ख तिमीले भोगेका थियौ,
दाजुभाइ र आफ्नै घरको खबरहरु सोधेका थियौ ।
बा-आमाको दौरा सुरुवाल चोली पनि फाटेको छ,
दुई थरी हतीयार पनि यहाँ एउटै हुनु आटेको छ।
म गर्दैछु बिन्ती यहाँ आज परदेशी फर्काउनलाई,
छिट्टै आउनु अब सबै जना गणतन्त्र हुर्काउनलाई ।
फर्क अब जोस बोकी स्वदेशको नी माया पाउँछौ,
माला गासी बसेकीछु भन तिमी कहीले आउँछौ ?
✍🏻श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल कार्यरत भारत