सहिद क्याम्पसमा संयुक्त विद्यार्थी संगठनद्वारा शुभकामना कार्यक्रम सम्पन्न

सैनामैना । सहित नारायण पोखरेल रामापुत क्याम्पसमा रहेका तीन विद्यार्थी सङ्गठनहरुले शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन । नजिकिँदै गरेको हिन्दुहरुको महान चाड दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा क्याम्पसमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ,नेपाल विद्यार्थी (नेवि) संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा आइतवार एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ कार्यक्रम गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यदुलाल पन्थले शुभकामना दिदै विद्यार्थी संगठनले संयुक्त रुपमा गरेको कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरुसङ्ग क्याम्पस सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्ने सम्पूर्ण बक्ताहरुले कार्यक्रमको सन्दर्भमा देखिएको एकताको सकारात्मक पक्षहरुको चर्चा गर्नुभएको थियो । कार्यक्रमलाई विभिन्न सांस्कृतिक कार्यक्रमहरुले निकै रौनक थपेको थियो । विद्यार्थीहरुले कार्यक्रममा आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष शिव न्यौपाने , नेवि सघ क्याम्पस इकाई सभापति मनोज क्षत्री र अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता , क्याम्पस प्रमुख यदुलाल पन्थको प्रमुख आतिथ्यता, प्रगतिशिल प्राध्यापक संघका प्रदेश सदस्य एवम् क्याम्पसका अध्यक्ष प्रकाश आचार्य , प्रजातान्त्रिक प्राध्यापक सघंका क्याम्पस सभापति प्रेम प्रसाद पौडेलको विशिष्ट आतिथ्यता , क्याम्पसमा प्राध्यापक एवम् कर्मचारीहरुको आतिथ्यतामा भएको कार्यक्रम अपेक्षा तिमिल्सिनाको स्वागत एवम् अनेरास्ववियु क्याम्पस कमिटी सचिव बिमल न्यौपाने र नेवि सघं इकाई सचिव किरण तिवारीको सञ्चालनमा क्याम्पस प्राङगणमा कार्यक्रम सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation