नवौँ राष्ट्रिय खेलकुद २०७९ः कपिलबस्तुलाई उसुतर्फ ७ स्वर्ण

कपिलवस्तु । नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनोट अन्तर्गत नेपालगन्जमा जारी खेलमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसुतर्फ ७ स्वर्ण पदक जितेका छन् ।

५ वर्ष देखी उसु प्रशिक्षण सुरु गरेको बुद्धभूमिले जिल्लाको प्रतिनिधित्व गरेको थियो । सोमबार भएको खेलमा बुद्धभूमिका ५ खेलाडी रजत पदक जितेको कपिलवस्तुका प्रशिक्षक दत्त पाण्डेले बताए। जिल्लाले ६ पुरुष र ६ महिलालाई सहभागी गराएको थियो ।

बुद्धभूूमिका लक्ष्मी परियार ९४५–४८ केजी समूह०, निर्गेश श्रेष्ठ ९५६–६०केजी०, अभिशेख तङलामी९६०–६५ केजी समूह०, श्वेता काउछा९६०–६५ केजी समूह०, प्रकाश कुँवर ९४५–४८ केजी समूह०, सन्तोष अधिकारी ९५२–५६ केजी समूह०, सन्ध्या शिरिस मगर ९५२–५६ केजी समूह० ले स्वर्ण पदक जितेका थिए ।

यसैगरी सुना काउछा, गङ्गा जिसी, निशान खनाल, मनीषा राना मगर, रोहित थारुले रजत पदक जित्नु भएको छ । उसुमा बाँकेले ८ स्वर्ण पदक जित्दै प्रथम र बर्दियाले ३ स्वर्ण पदक जितेर तृतीय स्थान हासिल गरेको छ । स्वर्ण पदक विजेतालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation