दशैँको दोस्रो दिनआज ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौं । दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation