विद्यार्थीको आन्दोलन पछि माध्यमिकतहमा भएको मुल्य बृद्धि फिर्ता

कपिलवस्तु । माध्यमिक विद्यालयमा भएको मुल्य बृद्धि फिर्ताको माग गदै आएका सयुक्त विद्यार्थी संगठनको आन्दोनले सार्थकता पाएको छ ।

कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकाका सामुदायिक विद्यालयहरुले कक्षा ११ र १२ को मासिक शुल्क र भर्ना शुल्कमा बृद्धि गरेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । बुधवार बाणगंगा नगरपालिकामा बसेको कार्यदलको वार्ताबाट माध्यामिक तहमा भएको शुल्क घटाउने सहमती भएको हो । सयुक्त विद्यार्थी संगठनको संघर्ष सफल भए पछि आन्दोलनका सावै कार्यक्रम फिर्ता भएका छन् ।

बार्तामा कार्यदल संयोजक बिष्णु पौडेल, ५ विद्यार्थी संगठनबाट अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनाल, नेविसंघ प्रतिनिधि माधव पाैडेल, अनेरास्ववियू जिल्ला सचिव कमल बेल्वासे, अखिल क्रान्तिकारी (विप्लव) जिल्ला संयाेजक सपना खनाल, अखिल क्रान्तिकारी (बहुमत) जिल्ला संयाेजक लक्ष्मी खनाल शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सीं, कार्यदल सदस्यहरू प्र अ रमेश पन्थी, राम प्रसाद भण्डारी, ब्यबस्थापन समिति अध्यक्ष हुमनाथ पौडेल रहनुभएको थियो ।

अव बाणगंगा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्याथीहरुले मासिक शुल्क रु ८०० र भर्ना शुल्क रु ४३०० तिर्नु पर्ने छ । विद्यालयले मासिक शुल्कमा ७०० बाट १००० र भर्ना शुल्कमा ३००० बाट ४५०० बनाएका थिए । सयुक्त विद्यार्थी संगठनको आन्दोलनले ११ र १२ का कुल विद्यार्थी मध्ये करिव १०५ जनालाई मासिक शुल्कमा पुर्ण छुट गराएको छ । यस्तै बाकी विद्याथीहरुलाई अवस्था हेरिकन आंशिक छुट गराइने विद्यार्थी नेता कमल बेल्वासेले उपकार अनलाइनलाइ जानकारी गराए ।

 

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation