अध्यक्षमा चल्यो तर क्याम्पस प्रमुखमा चलेन

सैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ ।

निवर्तमान क्याम्पस प्रमुख यदुलाल पन्थ आफ्नो कार्यकाल सकिनै लाग्दा मिति २०७९/०६/१३ गते नारायण पोखरेल रामापुर क्याम्पसको विधान परिच्छेद ४ को दफा १५ को उप दफा ‘ग’ बमोजिम पदावधि सकिने र २०७९/०६/१४ गते देखि लागु हुने गरि संचालक समितिले अर्को क्याम्पस प्रमुख नियुत्त नगरुन्जेल कार्यबाहक क्याम्पस प्रमुखमा विष्णु प्रसाद अर्याललाई नियुक्ति गर्नुभयो । संचालक समितिका कार्यबाहक अध्यक्ष कष्ण प्रसाद पोख्रेलले भने समय अवधि सकिएको भन्दै संचालक समितिको बैठक विना जगलाल गिरीलाई कार्यबाहक क्याम्पस प्रमुखको नियुक्ति पत्र थमाउनु भयो ।

२०७०/०६/०७ गते क्याम्पस संचालक समितिका अध्यक्ष श्री बालकृष्ण गैरेज्यूले आफ्नो कार्यव्यस्तताका कारण स्वविवेकीय अधिकार प्रयोग गरी संचालक समितिका सदस्य श्री कृष्ण प्रसाद पोख्रेललाई निमित्त अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । त्यसको ठिक १ हप्तापछि वाध्यात्मक अवस्थामा क्याम्पस प्रमुखले त्यही विधि र प्रक्रिया अपनाउंदा विवादित बनाई प्राज्ञिक जगतको मानमर्दन गर्ने काम भयो, जुन दुर्भाग्यपूर्ण थियो निवर्तमा क्याम्पस प्रमुख पन्थले विज्ञप्तीमा लेख्नुभएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाकै एउटा गौरभ बोकेको क्याम्पस भित्र यस्ता प्रकारका घटनाले भोलि क्याम्पसको प्रतिष्ठा माथी प्रश्न उठ्छनै शैक्षिक संस्था जस्तो क्षेत्रमा राजनिती देखा पर्नु दुखद् हो । शिक्षा शान्ति क्षेत्र हो । शिक्षा क्षेत्रमा अवाञ्छनीय गतिविधि गर्नु राम्रो होइन । यसै विषयलाई लिएर निवर्तमान क्याम्पस प्रमुख यदुलाल शर्माले एक विज्ञप्ती निकाल्नु भएको छ । विज्ञप्तीमा लेखिएको वेहोरा जस्ताको तस्तै ।

विज्ञप्ति
विगत तिन दिन यता सहिद नारायण पोखरेल रामापुर क्याम्पसको प्रशासनिक नेतृत्वलाई लिएर धेरै टिका टिप्पणी भए । सामाजिक संजाल रङ्गिए । क्याम्पस प्रमुखको चार वर्षे पदावधि सकिदैछ भन्ने कुरा संचालक समिति र सम्वद्ध सबैलाई अवगत थियो । संचालक समितिको बैठकमा मैले यो विषयमा जानकारी गराएको हुँ । समयभित्रै क्याम्पस प्रमुख नियुक्त गर्न मैले बारम्बार अनुरोध गर्दै आएको हुँ । तर समय भित्र संचालक समितिको बैठक बस्न सकेन । असोज १३ गते क्याम्पस प्रमुखको अन्तिम दिन थियो । सेवाग्राहीहरू आइरहने क्रम जारी थियो । सहायक क्याम्पस प्रमुख पनि नभएकोले प्रशासनिक शून्यता देखा पर्ने अवस्था आयो । यस्तो अवस्थामा प्रचलित मूल्यमान्यता, कार्यालयीय पद्धति, विधिविधान, संचालक समितिको विगतको निर्णय आदिलाई आधार मानी तत्कालीन शून्यतालाई पूरा गर्न यसै क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद अर्याललाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो ।

क्याम्पसमा कार्यरत प्राध्यापकहरूमध्ये ६ जना प्राध्यापकहरू क्याम्पस प्रमुखका लागि इच्छुक देखिनु भयो । उहाँहरू मध्येका कुनै एकलाई निमित्त दिंदा उहाप्रति नजिकिएको आरोप लाग्न सक्ने सम्भावना थियो अर्को कुरा विष्णुप्रसाद अर्याल प्राध्यापक मात्र नभएर QAA FOCAL PERSON, योजना प्रमुख र हिउँदे वर्षे विदामा क्याम्पसमा उपस्थित भइरहने तथा क्याम्पस प्रमुखको दौडबाट बाहिर रहेको व्यक्ति हुनुहुन्छ । त्यसैले उहाँलाई निमित्त दिन उपयुक्त ठानेर तत्कालीन आवस्यकता पूरा गरिएको हो ।

यही असोज ७ गते क्याम्पस संचालक समितिका अध्यक्ष श्री बालकृष्ण गैरेज्यूले आफ्नो कार्यव्यस्तताका कारण स्वविवेकीय अधिकार प्रयोग गरी संचालक समितिका सदस्य श्री कृष्ण प्रसाद पोख्रेललाई निमित्त अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । त्यसमा कसैको आपत्ति वा विरोध रहेन र रहनु आवश्यक पनि थिएन । त्यसको ठिक १ हप्तापछि वाध्यात्मक अवस्थामा क्याम्पस प्रमुखले त्यही विधि र प्रक्रिया अपनाउंदा विवादित बनाई प्राज्ञिक जगतको मानमर्दन गर्ने काम भयो, जुन दुर्भाग्यपूर्ण थियो क्याम्पस प्रमुखको पदावधि सम्बन्धमा पनि प्रश्न उठेको पाइयो । २०७५/०६/१४ का दिन नियुक्त भएको ४ वर्षे पदावधि भएको पद २०७९/०६/१३ का दिन सम्म रहने व्यहोरा पनि सबैलाई स्मरण गराउन चाहन्छु ।

हाम्रो क्याम्पस देशकै QAA प्राप्त प्रतिष्ठित उच्च शैक्षिक प्रतिष्ठानको रुपमा विकसित भइरहेको छ त्यसैले यसको प्रशासनिक नेतृत्वमा पुग्न धेरै प्रत्यासी हुनुहुन्छ, जुन आफैमा राम्रो कुरा हो । संस्था राम्रो भए हामी सबैको प्रतिष्ठा र गौरव रहन्छ । अहिले क्षणिक उत्तेजना र भावावेगमा आएर क्याम्पसलाई आघात हुने काम कसैले नगरौं । यसलाई हारजीत वा प्रतिष्ठाको विषय नबनाऔ संचालक समितिमा सर्वाधिकार छ सम्वद्ध सबैले छलफल गरी समस्याको समाधान गरौं नया शैक्षिक सत्रको भर्ना शुरु भएको बेलामा भएका यस्ता गतिविधिले क्याम्पसले हार्छ । विगतमा भएका तिता अनुभूति हामी सबैलाई अवगत नै छ । पब्लिक क्याम्पस सबैको सहभागितामा र सन्तुलनमा चल्ने संस्था हो । हाम्रा आन्तरिक समस्याहरू संगै बसेर हार्दिकतापूर्वक छलफल गरौं र निकास निकालौं । श्री दुर्गादेवीले हामी सबैलाई सत्प्रेरणा प्रदान गरुन ।

विजयादशमीको शुभकामना।

यदुलाल पन्थ

निवर्तमान क्याम्पस प्रमुख

May be an image of text

May be an image of text

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation