छत्रकोटले सुरु गर्यो अध्यक्ष सँग जेष्ठ नागरिक भेटघाट कार्यक्रम

गुल्मी। “परिवर्तनशील संसारमा वृद्ध व्यक्तिहरूको लचिलोपन”भन्ने मुल नाराका साथ संसार भर शनिवार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ। सोही अवसरमा गुल्मीको छत्रकोट गाउँपालिकाले ज्येष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रमको आज देखि शुभारम्भ गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रममै जेष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको थियोे । सोही अनुसार आज दिवसकै अवसरमा कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनु भयो। ज्येष्ठ नागरिकमा भएको ज्ञान सिप र अनुभव सुन्ने, देश तथा समाजका लागि उहाँहरुले गरेको योगदानको सम्मान गर्दै, शक्तिवर्द्धक एवम् रोग प्रतिरोधक च्यवनप्रास बितरण गरिएको गाउँपालिकाले जानएको छ।

No description available.

कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डेय, उपाध्यक्ष सावित्रा ज्ञवाली, वडा नं.४ का वडा अध्यक्ष गुणाकर ज्ञवाली, गाउँकार्यपालिका सदस्य भगवती न्यौपाने लगाएतका जनिप्रतिनिधि, समाज सेवी तथा बौद्धिक सर्कलहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने गाउँपालिकाको तयारी छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation