ईंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहमलाई हरायो

काठमाण्डौ । ईंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले टोटनहमलाई हराएको छ ।

आर्सनलले टोटनहमलाई ३–१ गोलले हराएको हो । आर्सनलको जितमा थोमस पार्टे, जिसस र साकाले गोल गरे। टोटनहमका ह्यारी केनले पेनाल्टीमा गोल गरे ।

जीतसँगै आर्सनल २१ अंकसहित शीर्ष स्थानमा कायमै छ । टोटनहम १७ अंकसहित तेस्रो स्थानमा छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation