कोजाग्रत पूर्णिमाको दिन बैरियामा परम्परागत मौलिक सराय नाच हुदैं

बाणगंगा । आइतवार ऐतिहासिक सराय नाच निकालिने भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको दुर्गा भवानी मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन सराय नाच निकालिन लागेको हो ।

पछिल्लो समय लोप हुन लागेको यो नाच अर्घाखाँची, पाल्पा, गुल्मीमा मुख्यगरी नाचिने गर्दछ । कपिलवस्तुमा पनि सराय नाच हुने भएपछि स्थानियहरुमा उल्लास छाएको छ । सराय हेर्नका लागि यहाका अधिकांस मानिस अर्घाखाँचीका विभिन्न स्थानमा जाने गर्दथे ।

यस क्षेत्रको पुरानो दुर्गा, कालिका मन्दिर बैरियामा स्थानीयको उत्साहजनक उपस्थितिमा नवरात्र भर सन्ध्याकालिन भजन कृतनहुदै आएको थियो । लिलावती घिमिरे, मोहन गौतम बुद्धिशागर बेल्बासेको सकृयतामा मालश्री गित सहित फुलपाती भित्राएर महाअस्टमिको मध्यरातमा कालारात्री पुजा गरिएको स्थानिय समाजसेवी मनिराम शर्माले बताउनु भयो।

हरेक वर्ष भन्दा फरक ढङ्गले यो दसै पुर्णिामामा सरायँ निकाल्न लागिएको मन्दिर ब्यबस्थापन समिती अध्यक्ष चेतनरायण कंडेलले वताउनुभयो । पुर्णिामाको दिन (आइतवार) दिउस ठिक ११ बजेदेखि मन्दिरबाट बाजागाजा ,मालश्री गित, घरेलु हातहतियार खोंडा ,तरबार सहित ब्यबस्थित ढङ्गले फुलपातीका डोली र आलमको स्थानीय भक्तजनलाई दर्शन गराउदै बैरिया हुँदै चार नम्बर चोकको परिक्रमा गराइ बिधिसम्मत ढङ्गले नवदुर्गा बिसर्जन गरिने सराँय ब्यबस्थापन संयोजक बुद्दिशागर बेल्बासेले जानकारी दिनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation