राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनीको प्रथम अधिबेशन कपिलवस्तुमा हुने

कपिलवस्तु । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम अधिबेशन कपिलवस्तुमा हुने भएको छ । शनिवार कपिलवस्तुमा बसेको प्रतिष्ठान प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

बैठकले आगामी कार्तिक १ गते कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं २ मा रहेको धार्मिक स्थल नन्दनधाममा सो अधिबेशन गर्ने निर्णय गरेको छ । सो अधिबेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गर्न प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेलको अध्यक्षतामा ११ सदस्सिय मुल आयोजक कमिटी गठन गरेको छ ।

सो बैठकले बिभिन्न बिषयगत समिति समेत गठन गरेको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिएका छन् । जस अन्र्तगत सुचना तथा प्रचार प्रसार संयोजकमा प्रतिष्ठान कपिलवस्तुका निबर्तमान संयोजक थानेश्वर अधिकारी , आर्थिक समिति संयोजक प्रतिष्ठान प्रदशे अध्यक्ष काशिराम पोख्रेल गेट निर्माण,अतिथि सत्कार तथा यातायात व्यवस्थापनमा प्रतिष्ठान कपिलवस्तु, स्वयंसेवक परिचालन संयोजकमा उदय पोख्रेल, खाद्य व्यवस्थापन समिति संयोजकमा मेनुका खनाल,आवास व्यवस्थापन समिति संयोजकमा नन्दनगरधाम विकास समिति अध्यक्ष कर्ण बहादुर थापा,श्रव्य दृश्य छायांकन संयोजक थानेश्वर अधिकारी, भजन प्रस्तुती तथा साउण्ड सिस्टम संयोजकमा चिन्तामणी घिमिरे, बाद्यबादनमा लुम्बिनी प्रदेश समितिलाई जिम्मेवारी दिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुली, बरिष्ठ उपाध्यक्ष नारायण खनाल लेकाली १००८ स्वामी लोकानन्द लगायत केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यको उपस्थिती रहने जिल्ला उपाध्यक्ष बुद्धिसागर बेल्वासेले जानकारी दिएका छन् । आज भएको सो बैठकमा बोल्दै राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नारायण खनाल लेकालीले यो नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको यो संस्था अहिले देशभर ५४ वटा जिल्ला कृयाशिल रहेको बताएका छन् कार्यक्रमका बोल्दै खनालले कपिलवस्तु जिल्लाको धार्मिक स्थाल नन्दनगरधामको प्रचार प्रसार गरी देशभर चिनाउने उद्देश्यका साथ कपिलवस्तु जिल्लामा एकैपटक सयौं मात्रमा भजनियाहरुको जमघट हुन लागेको बताएका छन् ।

सो कार्यक्रमका लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुको भजन शो हुने प्रदेश सदस्य पुर्णचन्द्र परियारले बताएका छन् । आजको बैठकमा सरोकारवाला निकाय सबैले यो कपिलवस्तुको लागी अवसर भएकोले यसलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सबैजना लाग्ने बताएका छन् । कार्यक्रम प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेलको अध्यक्षता,सदस्य केदार सापकोटाको स्वागत र सचिव रुक्मागत पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation