हिन्दु धर्म रक्षा परिषदले संगठन विस्तारलाई तिव्रता दिएको छ । शनिवार बाणगंगाको बर्रोवामा हिन्दु जागरण युवा स्वमसेवकको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता समाजसेवी बलाराम पाठकले गर्नुभएको थियो । उक्त कार्यक्रमबाट अध्यक्ष धनेस्वर गौतम, उपाध्यक्ष राधा भट्टराई, सचिब बिस्णु प्रसाद नेपाल, कोषध्यक्ष लक्ष्मी ढकाल, सदस्यहरु इन्दिरा खनाल, शालिकराम मरासिनी, दामोदर गौतम, सुवास पौडेल, गुन बहादुर थापा, लाल बहादुर थापा, दुखे थारु सहितको ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
कार्यक्रममा HRP नेपालका केन्द्रिय सदस्य सुशील शर्मा नेपाल, जिल्ला अध्यक्ष पं ज्यो मनोज भुसाल, नगर अध्यक्ष, कोषाध्यक्ष लगायत बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो । संस्थाले हरेक वडा र टोल टोलमा समिति गठन गरि गौं संरक्षणमा लाग्ने अभियान चलाउने जनाइएको छ ।