संस्थागत विद्यालय सञ्चालन हुँदा बाणगंगाको टाउको दुखाई

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले सस्थागत विद्यालय सञ्चालन गरेको भन्दै बन्द गर्न ठाडो निर्देशन दिएको छ । शैक्षिक क्यालेण्डरको पालना नगरेको भन्दै संस्थागत विद्यालयलाई पठन पाठन नगराउन नगरपालिकाले निर्देशन गरेको हो । मंगलबार नगरपालिकाको शिक्षा शाखाले एक बिज्ञप्ती जारि गर्दै यस्तो निर्देशन दिएको हो ।

दशैँ, तिहार तथा छठ पर्वमा लामो समय विदा हुने भएकोले सस्थागत विद्यालयले विद्यालय सञ्चालन गरेका हुन् । विद्यालय सञ्चालन गर्दा नगरलेनै वन्द गर्न निर्देशन दिदा अभिभावकहरु समेत अचम्ममा परेका छन् । विद्यालय खोल्नु त राम्रो पक्ष हो घरमा केटाकेटिले पढाइमा ध्यान दिदैन फेरी यो झण्डै एक महिना लामो विदाले पढाइनै विर्सन्छन तर नरपालिकाले शैक्षिक क्यालेण्डरमा लामो विदा गराएर विद्याथीहरुको भविष्यमाथी खेलवाड गरेको केहि अभिभावकले बताए ।

अझ अचम्मको विषय त यो छ कि यदि विद्यालय वन्द नगरे नगरबाट हुने सवै सुविधाहरुमा रोक लगाउने समेत नगरपालिकाले जनाएको छ । यस्ता किसिमको नगरको निर्णयले सिंगो शैक्षिक क्षेत्रमानै प्रशन उठ्ने गरेको छ ।

छिमेकी जिल्ला र पालिकाले भने शैक्षिक संस्थाहरु सोमवारबाटनै सञ्चालन गरेका छन् । शैक्षिक संस्था खोल्दा नगरपालिकाले निकालेको विज्ञप्ती पछि नगरवासीनै यतिवेला अचम्ममा परेका छन् ।

नगरपालिकाले जारी गरेको पत्र

No description available.

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation