पुरुषोत्तम पौडेलले सार्वजनिक गरे तिहार गीत ‘झिलिमिली तिहार’

रुपन्देही । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसर पारेर लोकप्रिय गायक पुरुषोत्तम पौडेलले तिहार गित सार्वजनिक गरेका छन् । परम्परागत शैली र पुरानो संस्कृतिलाई जोगाउने गरि उनले तिहार गित सार्वजनिक गरेका हुन् । ‘झिलिमिली तिहार’ नामक गित उनले मंगलवार सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको छोटो समयमानै चौतर्फी चर्चा रहेको छ भने टिकटक बनाउनेको पनि उतिकै लर्को लागेको छ ।

पुरुषोत्तम पौडेल,सुनिता बुढा क्षत्री, पुजा देवकोटा र सुपृम मल्ल ठकुरीको आवाज रहेको उक्त गितको शब्द शिव पौडेलले लेखेका हुन भने संगित स्वयम पुरुषोत्तम पौडेलकोनै रहेको छ । पुरुषोत्तम पौडेल  यूट्युव मार्फत सार्वजनिक भएको उक्त गितको निर्देशन कपिल लामाले गरेका छन भने भिडियोमा अस्मिता रनपाल, दिव्या न्यौपाने, कृष्ण सापकोटा, रमेश केसी, सन्ध्या पौडेल लगायतले अभिनय गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation