डेङ्गु नियन्त्रणको लागी बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

कपिलवस्तु । केही महिना यता कपिलवस्तु सहित देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछी कपिलवस्तुको बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरीएको छ । डेङ्गु रोग विरुद्ध हाम्रो अभियान, सफा राखौँ आफ्नो गाउँ घर आगनु भन्ने मुल नारा सहित आइतवार बाणगंगाका विभिन्न वडा बाट सुरु भएको यस अभियान वडा अनुसार पाँच देखी सात दिन सम्म चल्ने छ ।

यसै बिच बाणगंगाको वडा नम्बर ३ मा पनि यस अभियान आज बाट सुरु भएको छ । वडा अध्यक्ष टेक बहादुर झेणी मगरको अध्यक्षतामा सुरु भएको यस अभियान कार्यक्रम अबको एक हप्ता सम्म चल्ने बताइएको छ । वडा नम्बर ३ को स्वास्थ्य चौकी बाट सुरु गरीएको यस अभियानमा वडाका विभिन्न गाउँमा पुगी लामखुट्टेले फुल पार्न सक्ने ठाउँको पहिचान गरी लामखुट्टेको लार्भा नष्ट गरीने स्वास्थ्य चौकी इन्चार्ज जानकी चौधरीले बताउनु भएको छ ।

बाणगंगा नगरपालिका स्वास्थ्य साखा कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका वडा नम्बर ३ को सहआयोजनामा सुरु भएको यस अभियानले डेङ्गु नियन्त्रणमा महत्वपुर्ण सहयोग पुग्ने वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेणी मगरले बताउनु भएको छ ।

आज अभियानको पहिलो दिन बाणगंगा नगरपालिका स्वास्थ्य साखाका प्रतिनिधि, वडा स्वास्थय चौकीका कर्मचारी तथा प्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, वडाका विभिन्न टोलविकास संस्थाका प्रतिनिधि, स्थानिय राजनैतिक दलका प्रतिनिधि, पत्रकार स्थानिय लागायतको उपस्थिती रहेको थियो ।

खाँसगरि बाणगंगाका १, २, ४, ७ र ८ मा बढी प्रकोप भेटिएको भए पनि बाणगंगाका सबै वडामा यस अभियान लाई सक्रिय रुपमा संचालन गरीने नगर स्वास्थ्य साखाले जनाएको छ । अभियानमा वडा नं ४ मा नगर प्रमुख चक्रपाणी खनाल ५ र ६ मा उप प्रमुख रिता कुमारी चौधरी, १० र ११ मा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल र स्वास्थ्य ईन्चार्ज ठगराज भुषाल, ८ मा सुचना अधिकारी केशवराज भट्राई ,वडा नं ७ मा लेखा अधिकृत केशव गैरे, वडा २ मा खिम बहादुर जि।सि। लगाएतको जिम्मेवारी तोकिएको बताईएको छ ।

यसै बिच हालसम्म कपिलवस्तुमा १२३ जना डेङ्गु बाट सङक्रमीत भएका छन भने ति मध्ये ६३ जना सक्रिय अझै सन्चो भएका छैनन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation