यस कारण रूपन्देही क्षेत्र नं.५ मा वासुदेव घिमिरेलाई भोट !

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा रहेका वासुदेव घिमिरे युगान्तकारी परिवर्तनको सोच भएका योद्धा हुन् । उनी विकासको मार्गचित्र कोर्न सक्ने स्पष्ट वैचारिक दृष्टिकोण भएका विकासप्रेमी युवा नेता हुन् । युवाले नै भविष्यका बारेमा योजना बनाउन सक्ने भएकाले वर्तमानमा युवापुस्ताको खाँचो छ । त्यसैले युवा नेता वासुदेव घिमिरे अहिलेको नेपाली राजनीति र सांदका लागि आवश्यक नेता भएको स्पष्ट नै छ ।

जनताको सेवालाई मूल मन्त्र र विकासलाई कर्तव्य ठान्ने वासुदेव घिमिरे गणतान्त्रिक नेपालको प्रथम स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई तिलोत्तमा नगरपालिकाको नगरप्रमुख पदमा अत्याधिक बहुमतले विजयी भई पाँच वर्ष उल्लेख्य काम गरेका सफल नेतृत्व हुन् । शून्य पोलिथिन नगरपालिका, स्थानीय कानुनको निर्माण, लगानी सम्मलेलन, पूर्ण सरसफाइ उन्मुख नगरपालिका, ५१ सूचक पार गरेको बालमैत्री नगरपालिका हुनु जस्ता बहुचर्चित काम गरेर राष्ट्रव्यापी रुपमा चर्चामा आएका घिमिरेले स्थानीय पूर्वाधारको निर्माण, विकासका काम, गरिमामय योजना, जनमुखी सेवाप्रवाह, फोहोरमैला व्यवस्थापन आदिका कारण अत्यन्त लोकप्रिय बन्न पुगे । देशका विभिन्न भूभागबाट भ्रमण आउनेहरुले तिलोत्तमा नगरमा आउँदा विदेशको कुनै सहरमा पुगेका आभास हुने बताउँछन् । नेपाल सरकारले गरेको स्थानीय तहको मूल्यांकनका आधारमा तिलोत्तमा नगरपालिका पटक पटक सर्वोत्कृष्ट हुनु र आइएसओ प्रमाणित प्रथम नगरपालिका बन्नुमा बासुदेव घिमिरेको योगदान र उनको राष्ट्रप्रतिको कर्तव्यनिष्ठता नै हो ।

बिना योजनाका कामबाट सफलता प्राप्त गर्न सकिँदैन तसर्थ हरेक कामको पूर्वयोजना आवश्यक हुन्छ भन्ने मान्यता राख्ने वासुदेव घिमिरे विकास र जनसेवाका लागि आफ्नो निजी क्यालेन्डर बनाएर सोहीअनुसार काम गर्ने सफल नेतृत्व हुन् । न्याय नपाए गोर्खा जानू भन्ने उखान आजकल विकास हेर्न मन लागे तिलोत्तमा नगरपालिकामा जानू भन्ने उखानमा रुपान्तरित भएको छ । यो घिमिरेकै कामका कारण भएको हो । उनको पाँच वर्षे स्थानीय तहको कार्यकालमा देशका ७५३ स्थानीय पालिकामध्ये अधिकांशले तिलोत्तमा नगरपालिकाको भ्रमण गरी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा विकासको मोडल अनुकरण गरेको कुरा स्थानीय जनताले बताउँछन् । स्थानीय तहको कार्यकारी प्रमुखमा रहेर काम गर्दाका अनुभव राष्ट्रिय नीतिनिर्माण र विकासमा उपयोगी हुने ठानेर उनलाई यसपटक नेकपा एमालेले प्रतिनिधि सभाको उम्मेदवार बनाएको धेरैको ठहर छ । निस्वार्थी सेवाभाव, जनमुखी सेवाप्रवाह, विकासका काममा तीव्रता, भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता गुण भएकाले उनी २०७९ को निर्वाचनमा विजय हुने कुरामा स्थानीयबासी ढुक्क छन् ।

रूपन्देही जिल्ला मोफसलपछिको राजनीति र विकासको केन्द्र हो । रूपन्देही जिल्लाको केन्द्र क्षेत्र नं. २ ले सक्षम र विकासप्रेमी नेता पाएकाले विकास तीव्र गतिमा भएर नेपालकै विकासको मोडल बनेको छ । तर क्षेत्र नं. ५ मा सोहीअनुपातमा विकास नहुनुको प्रमुख कारण भनेकै असल, कुशल र सक्षम नेतृत्वको अभाव हो । रूपन्देही क्षेत्र नं. ५ ले योग्य नेतृत्व नपाउँदा यहाँको प्राकृतिक स्रोत र साधनको सही सदुपयोग हुन सकेको छैन । १५ वर्ष शासनसत्तामा पुगेका व्यक्ति केवल निजी स्वार्थमा मात्र रुमलिने, जनताको कल्याण तथा क्षेत्रको विकासका लागि कुनै चासो नदिने भएका कारण सुगम जिल्ला भएर पनि यस क्षेत्रमा समानुपातिक विकास हुन सकेन । त्यस क्षेत्रका मतदाताहरु यसपटक विकासका काममा देशमै चर्चित बनेका वासुदेव घिमिरेलाई उम्मेदवारका रुपमा पाउँदा निकै खुसी भएको र अबका दिनमा यस क्षेत्रको विकासमा तीव्रता आउने विश्वास रहृको बताउँछन् । केही व्यक्तिले वासुदेव घिमिरे तिलोत्तमा नगरबासी भएकाले यहाँको भौगोलिकतासँग परिचित नभएको आरोप लगाए पनि स्थानीय मतदाताले एउटै जिल्लाबासी भएको र विकासका योजनालाई निजी क्यालेन्डरमा राखेर काम गर्ने व्यक्ति भएकाले अब रूपन्देही क्षेत्र नं.५ को विकासको गतिलाई कुनै शक्तिले रोक्न नसक्ने बताउँछन् । जनतालाई झुक्काएर पटक पटक चुनाव जितेका व्यक्तिले विकासका लागि कुनै काम गर्न नसकेको, विकासको भिजन समेत नभएको र केवल आफ्ना केही आसेपासे कार्यकर्तालाई मात्र भरणपोषण गरेकाले यो क्षेत्र पछाडि परेको स्थानीयको गुनासो रहेको छ । त्यसैले २०७९ मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा पुरानो पुस्तालाई कहिल्यै उठ्न नसक्ने गरी पछार्नुपर्ने र विकासका पर्याय वासुदेव घिमिरेलाई विजयी गराउनुपर्ने स्थानीयको भनाइ रहेको छ ।

अहिलेको समयमा संसदमा गतिशील वैचारिक युवा नेतृत्वको आवश्यकता छ । सम्मुन्नत र समृद्ध नेपाल निर्माण गर्ने, वर्तमानका आकाङ्क्षा पूरा गर्ने तथा आगामी पुस्ताको सुनौलो भविष्य सुनिश्चित गर्ने जिम्मेवारी पनि युवा नेतृत्वको हो । सबल र सम्मुन्नत क्षेत्र, समानुपातिक विकास, जनमुखी सेवाप्रवाह, भ्रष्टाचारमा शून्य सहनशीलता, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्धका साथै रूपन्देहीकै नमुना क्षेत्र बनाउनका लागि यसपटक आम जनसमुदायले पार्टी र राजनीति नहेरी वासुदेव घिमिरेलाई मत दिएर विजयी गराउनु आजको आवश्यकता भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation