रुपन्देही २ का उम्मेदवार डा. निकोलशद्वारा पटक पटक प्रधानमन्त्री भएका नेतालाई च्यालेन्ज

बुटवल । प्रतिनिधि सभा सदस्य रुपन्देही क्षेत्र नम्बर २ का हाम्रो नेपाल पार्टीका उमेदवार डा. कमल भुसाल (निकोलश) ले देशका पटक पटक प्रधानमन्त्री भएका तीन नेता केपि ओलि, प्रचण्ड र शेर बहादुर देउवालाई ओपन च्यालेन्ज गरेका छन् ।

केहीदिन अगाडि नेकपा एमालेका अध्यक्ष पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफूसँगै नेपाली कांग्रेसका शेरबहादुर देउवा बीच एजेन्डा आधारित बहसको लागि (लाईभ डिबेट) आउन आग्रह गरेको र त्यसको लागि आफू तयार भएको बताएका छन् । निर्वाचनको समयमा पश्चिमी देशहरुमा यस्तो डिबेट हुने त्यसको लागी आफू तयार भएको र देउवा जि तयार हुनु हुन्छ त भनेर फेशवुकमा पोस्ट गरेका थिए ।

पोस्ट संगै प्रतिनिधि सभा रुपन्देही क्षेत्र न २ का उम्मेदवार डा. कमल भुसालले आफ्नो समाजिक संजालमा हामी रबि लामीछाने ,सागर ढकाल, अनि आफू सँग ३ नेतृत्वलाई केपि ओलि, प्रचण्ड र शेर बहादुर देउवालाई हामी युवाको तर्फ बाट देश कसरी बनाउने योजना सहित हजुरहरुले भनेकै स्थान, समयमा लाईभ डिबेट गर्न ओपन च्यालेन्ज गरेका छन् ।

उनिले हामी तयार छौ सर लाईभ डिबेट गर्ने यो देशलाई स्वर्गको बगैंचा जसरी सजाएर, २० बर्षमा एसिया अनि ३० बर्षमा पूरा दुनियाभरी सत्य र शान्ती येहि बाट फैलाएर एक स्वर्गको रुपमा पूरा दुनिया बदल्ने योजना तयार छन । आउनुहोस म तयार छु,,, देशलाई सामाजिक र आर्थिक रुपमा सम्पन्न बनाउने योजना, भिजन अनि अनुसन्धान सहित, रुपन्देहीलाई बिश्वको शान्तिको राजधानी अनि यो देशलाई अध्यात्मको राजधानी एक ज्ञानभुमी, तपोभुमिको रुपमा बिकास गर्ने योजना सहित राष्ट्रिय एकता अनि राष्ट्रियता कायम गर्दै देशलाई नया जोश, जागर अनि नया दिशा तर्फ अगाडि बढाउन, स्वाभिमान अनि आत्मनिर्भरताको भावना होकि, सत्य र शान्तिको बाटो रोजि रबि रबिलामीछाने ,सागर ढकाल, अनि आफु पनि तयार तयार रहेकोकुरा उक्त पोष्टमा लेखेका छन् ।

साथै आम मतदाताहरुलार्य आफ्नो तर्फबाट नयाँ जोश र जागर सहितका युवाहरुलाई साथ दिनुहुन र बुटवल बासी सचेत रहन, षड्यन्त्र र भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation