नेपालमा डेङ्गीको नयाँ सेरोटाइप पुष्टि

काठमाण्डौ । नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइपुथ्रीु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ुवानु देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ुथ्रीु पुष्टि भएको दाहालले बताउनुभयो । डेङ्गीको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप ुवानु र ुटुु योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप ुथ्रीु भने पहिलो पटक नेपालमा देखिएको हो । धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ुथ्रीु देखिएको भन्न नमिल्ने डा। प्रमुख दाहालको भनाइ छ । अब धेरै नमुना परीक्षण गरेर कुन सेरोटाइप नेपालमा छ भन्ने जानकारी लिने उहाँले बताउनुभयो । नयाँ सेरोटाइप हुँदैमा बढी जटिल नहुने उहाँले बताउनुभयो ।

कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने डा। दाहालको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशका अस्पतालबाट दुई सय ५० वटा नमुना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । त्यो परीक्षण पछिमात्रै विस्तृतमा थाहा हुने उहाँले बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation