लायन्स क्लब अफ सैनामैना स्टारको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता शनिवारबाट

सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारले ब्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले बिजया दशमी, शुभ दिपावली लगायतका महान चाडपर्वको अवसरमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

लायन्स क्लबद्वारा आयोजित यो दोस्रो इनडोर मेन्स डवल वडा कप ब्याटमिन्टन प्रतियोगिता हो । प्रतियोगिता कार्तिक ५ अर्थात् भोली (शनिवार) बाट सुरु हुने क्लबका सचिव जीवन घिमिरेले जानकारी गराउनुभयो । सचिव घिमिरेका अनुसार प्रथम हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टिमले ८ हजार रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुनेले ३/३ हजार प्राप्त गर्ने छन ।

बेष्ट प्लेयरलाई एक हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । खेल सैनामैना इनडोर स्पोर्ट्स एरिया सैनामैना ७ लुम्बिनी रोडमा हुने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation