बाणगङ्गा सामुदायिक पुस्तकालयले मनायो ११४ औं लक्ष्मी जयन्ती

सागर बेल्बासे, कपिलवस्तु ।
नेपाली इतिहासको साहित्य बिधामा जो कसैले पनि संझना गर्ने महाकवी लक्ष्मी प्रसाद देवकोटा को आज ११४ औं जन्मदिनको अवसरमा आज श्री बाणगङ्गा सामुदायिक पुस्तकालयको आयोजनामा पुस्तकालय परिसरमै दिप प्रज्वलन, टीका तथा माल्यार्पण गर्दै विभिन्न रचना वाचन गरि जन्मोत्सव मनाइएको छ।

संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता भएको उक्त कार्यक्रममा नव सर्जक साहित्य चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक बाल कवि जोशिका कंणेल (निशा) प्रमुख अतिथिको रुपमा हुनुन्थ्यो ।

वरिष्ठ कबि ॠषिकेशब भारद्वाज, दोलख बहादुर पछाइ, अनन्त राज रेग्मी, धर्मराज घिमिरे, चतुर्भुज पान्डे, देबि बहादुर पोख्रेल, पुस्तकालय व्यवस्थापक चित्रा भणडारि, बाल श्रस्टा ॠदेश कणेल लगायतको उपस्थिति मा भएको उक्त कार्यक्रममा महाकविको संक्षिप्त परिचयका साथै रचना बाचन गर्दै दिपावली को अवसरमा सम्पुर्ण हिन्दु नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी हरुमा श्रृजनशिल जीवन संगै सुख, समृद्धि, खुसिको वहार आओस भन्ने शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन संस्थाका सचिव बुद्दिशागर बेल्बासेले गरेका थिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation