प्युठानमा देउसी भैलोले मौलिक परम्परा र संस्कृति जोगाउँदै

उपकार अनलाइन, प्युठान ।
प्युठान सहित हाल देशै भरी दिपावलीको अवसरमा देउसी भैलो खेल्ने क्रम जारी छ। यसै विच प्युठानको माण्डवी गाउँपालिका ४ सिरवारीमा पनि विभिन्न परम्परागत शैलीमा देउसी भैलो खेल्ने क्रम जारी रहेको हो।

माण्डवी गाउँपालिका ४ को उक्त ग्रामिण वस्ती जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ९ गोठिवाङ्गसँग सिमा जोडिएको छ । यसै पनि यस क्षेत्रमा माण्डवी गाउँपालिका ४ का विभिन्न वस्ती सहित स्वर्गद्वारी नगरपालिका ९ का विभिन्न वस्तीका देउसी लगाएका विविध भ‌ैलो कार्यक्रम प्रस्तुत हुने गर्दछ।

विगत केही वर्ष कोरोना भाईरसले गर्दा रमाईलो गरि यसरी देउसी भ‌ैलो खेल्न नपाउँदा मौलिक परम्परा नै लोप हुनै लागेको अनुभूति भएको विभिन्न भैलो कार्यक्रममा सहभागिहरुको गुनासो थियो । तर यस पालीको तिहार गाउँ नै झिलिमिलि हुनुका साथै परम्परागत शैलीमा खेलिएका ती विभिन्न भैलो कार्यक्रमहरुले यहाँ उत्साह र खुसीको सिमा छ‌ैन । अर्कोतिर लोप हुनै लागेको मौलिक परम्परा एवम् संस्कृति समेत जोगिएको छ।

यता जिल्ला प्रशासन कार्यालय प्युठानले भने विस्पोटक पदार्थको खरिद विक्री,नगर्न ,पटका नपड्काउन,वातावरणीय प्रदुषणका गतिविधि सञ्चालन नगर्न तथा राती ९ः०० पछि भैलो नखेल्न सुचना नै जारी गरेको छ। त्यसै अनुरुप प्युठानका अधिकांश शहर तथा ग्रामीण वस्तीहरुमा देउसी भैलोको कार्यक्रमलाई तिव्र पारिएको छ। अहिले सम्म स्वर्गद्वारी नगरपालिका ९ का पुन्नदिप,छापधारा लगाएतका दर्जनौँ भैलोहरुले आफ्नो प्रस्तुती राखिसकेका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार भैलो कार्यक्रमलाई व्यवस्थित पार्न तथा तिहारका अवसरमा जिल्लाका कुनै पनि वस्तीमा अप्रिय घटना नघट्ने गरि प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation