नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतको दोस्रो जित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।

भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन बनाए ।

म्याक्स ओवेड, बास डी लि र शरिज अहमदले समान १६ रन जोडे । भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २÷२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेले । कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेले । सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए । यस जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ ।
भारत समूह २ को शीर्ष स्थानमा रहेको छ । दुई खेलमा हार व्यहोरेको नेदरल्यान्ड्स पुछारमा रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation