सहिद नारायण पोखरेल क्याम्पसको प्रमुखमा थापा र सहायक प्रमुखमा गिरी

उपकार अनलाइन, सैनामैना ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस प्रमुखमा हेमन्त थापा चयन हुनु भएको छ । रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सो क्याम्पस रिक्त क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले थापालाई नियुक्त गरेको हो ।

क्याम्पसमा लामो समय देखि अध्यापन गराउदै आउनु भएका थापाले क्याम्पस प्रमुख पदमा रहि कार्यभार सम्हाल्नु हुनेछ । यस्तै क्याम्पसको सहायक क्याम्पस प्रमुख पदमा जगलाल गिरी नियुक्त हुनुभएको छ ।
क्याम्पसमा कार्यबाहकको बिषयमा लिएर विभिन्न टिकाटिप्पणीको स्थिति सृजना भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation