भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

ढाकामा बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् ।

सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।

आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation