नेपालले जित्यो साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि

नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् । बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचालेको हो । बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation