मुम्बई जाने क्रममा बाटोमै हराए मतिलाल भट्टराई, खोजविन गरिदिन परिवारको अनुरोध

उपकार अनलाईन, रुपन्देही ।

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–४ सानो निउवा घर भएका मतिलाल भट्टराई मुुम्बई जाने क्रममा बाटोमै हराएका छन । रोजगारिको लागि गोरखपुरदेखि ट्रेनमा मुम्बई जाने क्रममा ३५ वर्षिय भट्टराई हराएका हुन ।

गोरखपुरबाट १४ नाभेम्बरको राती १०ः३० बजे छुटेको ट्रेनबाट मुम्बई जाने क्रममा उनी इगतपुरीसम्म आएको उनीसँगै यात्रा गरिरहेका एक साथीले बताएका छन । इगतपुरी स्टेशनमा शौचालय जान्छु भनेर हिडेका भट्टराई फिर्ता नआएपछि साथीहरुले यताउता खोजविन त गरे तर उनी भेटिएनन । राती भएको कारण साथीहरुले पनि यतै कहि होला भनेर सुते तर बिहान उनीहरु उठ्दा ट्रेन १६ तारिखको बिहान ४ः५० को मुम्बईको कुर्ला स्टेशनमा पुग्यो तर भट्टराई पुगेनन ।

मुम्बईको कुर्ला स्टेशमा झरेपछि साथीहरुले ट्रेन र स्टेशनमा उनलाई धेरै बेरसम्म खोजविन गरे तर नभेटिएपछि उनको समान लिएर रुममा गएर आफन्तहरुलाई जानकारी गराएपछि खैलाबैला मच्चिएको थियो । हराएको जानकारी पाए लगत्तै आफन्तहरु पुनः कुर्ला स्टेशन पुगेर खोजविन गर्न थाले तर अहिलेसम्म उनको पतो नलागेको उनका आफन्ती शालिकराम भण्डारीले बताएका छन । भट्टराईको परिवारमा श्रीमती लगायत ४ वर्षकी छोरी र ६ महिनाको छोरा रहेका छन । अहिले भट्टराई बेपत्ता भएपछि मुम्बई र नेपालमा रहेका आफन्तहरुले खोजविन गरिदिन आग्रह गरेका छन ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation