कपिलवस्तुमा करिब ६५ प्रतिशत मत खस्यो, तीन जना किरियापुत्रीद्वारा मतदान

उपकार अनलाइन, कपिलवस्तु ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो, तर देशभरका कुनै ठाउँमा केहि समय पछि सम्मपछि पनि मतदान भएको छ ।

यस्तै कपिलवस्तुमा करिब ६५ प्रतिशत मत खसेको निर्वचन कार्यालय कपिलवस्तुले जनाएको छ । विहान ७ बजेदेखी साढे पाँच बजेसम्म करिव ६५ प्रतिशत मत खसेको सुचना अधिकृत अनिता क्षेत्रीले जानकारी दिनुभएको छ ।
तिन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा रहेको कपिलवस्तुमा २ सय ३४ मतदानस्थलमा र ४७२ स्थायी १ अस्थायी गरि जम्म ४७३ मतदान केन्द्रमा रहेका थिए । आगामि निर्वाचनको लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन भने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी एक सय ४३ उम्मेदवार रहेका छन ।

त्यस्तै जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन् । कारागारमा रहेका ५७ जना कैदीबन्दी मध्ये ५६ र तीन जना नेपाली सेना गरेर ५९ जनाले मतदान गरेका कपिलवस्तु कारागारका जेलर मनोज सैनीले बताउनुभयो। त्यस्तै ५७ जना मध्ये एक जना रिहा भइसकेको जेलरको भनाइ छ ।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको शिवराज नगरपालिका–९ शिवगढी रहेको शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेका हुन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation