फेरि बढ्यो सुनको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation