राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने भएको छ ।

मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ सदरमुकाम धादिङबेसीमा महाधिवेशन हुने निर्णय गरेको हो ।

त्यसअघि नवनिर्वाचित जिल्ला समन्वय, प्रदेश र विदेश शाखाका अध्यक्षहरुलाई आगामी माघ ६ र ७ गते चितवनको सौराहामा बधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रम गरिने प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मानस्वरुप मासिक ५ हजार रुपैयाँ संस्थागत सेवा भत्ता आजीवन प्रदान गर्ने निर्णय पनि प्रतिष्ठानको बैठकले गरेको छ ।

 

तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट रमेश बिजी अध्यक्षमा निर्वाचित भएका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation