आईपीएलको मिनी अक्सन आज

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ ।

आईपीएल इतिहासमा सर्वाधिक महँगो मूल्य सन् २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँ खर्चेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation