त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस पुस १७ गतेदेखि बिदा

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन् । हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ ।

क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा दिन सक्ने तर पुस १७ गतेपछि मात्रै यो नियम लागू हुनेछ । त्रिभुवन विश्वविद्यालयले यसअघि पनि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिँदै आएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation