को हुन् त ? स्ववियु उमेदवार सुमित सापकोटा !

उपकार अनलाइन, सैनामैना ।
बुवा पदमलाल सापकोटा र माता कोपिला कुमारी सापकोटाको कोखबाट बि.स. २०५४ साल असोज २० गते घरको कान्छो सन्तानको रुपमा रुपन्देहीको साविक सालझण्डी गाबिस स्थित वार्ड नं. ७ जनज्योति टोलमा सुमित सापकोटाको जन्म भएको हो । प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक पारिबारिक बाताबरण भएका कारण सुमित सानै उमेर देखि राजनितिमा निकै चासो राख्नुहुन्थ्यो । कम्युनिस्ट बिचारधारा तथा जनताको बहुदलीय जनबाद राजनीतिक बिचार धाराबाट प्रभावित सापकोटाको उमेर धेरै नभए पनि बिद्यार्थी राजनीतिक इतिहास भने लामै छ ।

बि.स. २०६९ सालमा पशुपति मा बि सालझण्डीमा गठन भएको प्रारम्भिक मा बि कमिटीको संयोजक बन्नु भएका सापकोटा २०७० मा अनेरास्ववियु रुपन्देही क्षेत्र. ५ को क्षेत्रीय सदस्य ,२०७४ मा क्षेत्रीय कमिटी सचिब , त्यसैगरी २०७२ मा काठमाडौमा सम्पन्न अनेरास्ववियुको २२औ रास्ट्रिय महाधिवेशन प्रतिनिधि, २०७५/२०७७ क्षेत्रीय कमिटी अध्यक्ष ,२०७७ अनेरास्ववियु सहिद नारायण पोखरेल रामापुर क्याम्पस कमिटी संम्योजक ,२०७८ मा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य ,२०७८ अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष ,२०७९ मा अनेरास्ववियुको २३औं महाधिवेशन प्रतिनिधि रहनुभएका सापकोटा सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना रुपन्देहीको लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । मीठो बोली सहयोगी भावना ,निडर पन ,ज्यादतीका विरुद्ध चर्को आवाज उठाउने ,बिद्यार्थी हकहितमा काम गर्न रुचि राख्ने सुमित सापकोटाका प्रमुख विशेषता हुन ।

आसन्न चैत्र ५ मा सम्पन्न हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना रुपन्देहिमा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियुं) को तर्फबाट सभापति पदका लागि उमेदवार रहनुभएका सुमित सापकोटालाई अत्याधिक मत सहित बिजयी बनाउनु हुन सम्पुर्ण विद्यार्थी माझ हार्दिक अनुरोध छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation