राष्ट्रिय एम्बुलेन्स निर्देशिका विरुद्ध संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुको ज्ञापन पत्र

कपिलवस्तु । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका विरुद्ध जिल्ला प्रशासन मार्फत स्वस्थ्य मन्त्रीलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ ।

अहिलेको मापदण्डलमा जांदा करिब ३००० सम्बुलेन्सहरु थन्किने र बाकि रहेका एम्बुलेन्सहरुले देशभरि सेवा कुनै पनि हालतमा दिन नसक्ने भएकाले यसलाई सच्याउनको लािग जिल्ला अध्यक्ष कमल घिमिरेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले सम्पूर्ण एम्बुलेस चालकहरुलाई राष्ट्र सेवक कर्मचारी सरह सेवा र सुविधा प्रदान गरि एम्बुलेन्स सेवा निशुल्क गर्नुपर्ने, राष्ट्रिय एम्बुलेन्स संचालन निर्देशिका २०७८ लाई संशोधन गरि ट्रेड युनियन संघलाई समेत सहभागी गराउनुर्पे, एम्बुलेन्स प्राधिकरणको निर्माण गरि यस ट्रेड युनियन संघलाई समेत सहभागी गराई संचालन व्यवस्था मिलाउनुर्पे, ट्रेड युनियन संघ राज्य संग मानवीय सेवामा सहकार्य गन व्यवस्था मिलाउनुपर्ने, संघ संस्थाले एम्बुलेन्स सेवामा गरेको लगानीको सुरक्षा गर्नुपर्ने लगायतका विभिन्न माग राखेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation