सैनामैना ३ मा खूल्ला भलिवल प्रतियोगिता हुदै

उपकार अनलाईन, सैनामैना ।
हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा सैनामैना ३ मा खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ ।
सैनामैना वडा नं. ३ मा रहेको शृष्टि युवा क्लवको आयोजनामा यहि भदौ १८ गते देखी भलिवल प्रतियोगिता हुन लागेको हो । सैनामैना ३ दर्खासी खेल मैदानमा भलिवल प्रतियोगितामा सञ्चालन हुने शृष्टि युवा क्लवका अध्यक्ष भक्त बहादुर थापाले जानकारी गराउनुभयो ।

युवाहरुको मागलाई मध्यनजर गर्दै विगतका वर्षहरु देखिनै क्लवले भलिवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । सहभागी हुन इच्छुक संघ सस्थाले भाद्र १७ गते भित्र टिम दर्ता गर्न खेल संयोजक बोम बहादुर बुढा मगरले आग्रह गर्नुभएको छ ।

थप जानकारीका लागि
९८६९९३५१६१

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation