असोजभित्र व्यवसाय कर तिरे दुई बर्षको कर र जरिवाना छुट हुने

नबिन घिमिरे, कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ ।
त्यसैगरि बैठकले गाउँपालिकाभित्र व्यवसाय दर्ता र नबिकरणलाई सहज बनाउन टोलटोलसम्म घुम्ति शिबिर संचालन गर्ने निर्णय समेत गरेको पालिकाका अध्यक्ष नवराज ढकालले जानकारी दिनुभयो । त्यसैगरि सानो सानो कामका लागि पनि गाउँपालिका धाउनु पर्ने बाध्यताको अन्त्य गर्न एकलाखसम्मका योजनाहरु वडा तहबाटै कार्यसम्पादन गरि सम्पन्न गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

यसैगरी कार्यपालिका बैठकले असोज मसान्तसम्म ब्यवसाय कर तिरेमा पुरानो दुई बर्षको कर र जरिमानामा छुट दिने व्यवस्था मिलाएको जनाइएको छ । त्यस्तै उपभोक्ता समितिबाट हुने कामलाई सहज बनाउन निजहरुले गर्नुपर्ने माइन्यूट निर्णय र पेस गर्नुपर्ने कागजात तथा निवेदनहरुको फाईल तथा फर्मेट संलग्न गराई योजना सम्झौता पुस्तिका तयार गरी प्रत्येक उपभोक्ता समितिलाई उपलब्ध गराउने निर्णय समेत कार्यपालिका बैठकले गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिनुभयो ।

स्मरणीय छ कञ्चन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सागर गौतम आएपछि पालिकाको प्रशासन, योजना तथा जनताले लिने सेवा सुविधा तत्कालै पाउने सन्दर्भमा धेरै परिवर्तन आएको कञ्चन गाउँपालिकाका स्थानीयले बताएका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation