प्लास्टिकका चामलको भ्रामक कुरामा नलाग्नुस, गुणस्तरीयताको ग्यारेन्टी हाम्रो होः बेल्बासे

शागर बेल्बासे, कपिलवस्तु ।

पछिल्लो समय कुनै टिकटक प्रयोगकर्ताले एउटा थालमा चामल केलाएर बिभाजित गराइ राखेको भिडियोको दृश्यअवलोकनले आम उपभोक्ता चिन्तामा रहेको पाइएको छ। उक्त भिडियोमा देखाइएको चामलको बोरा महाशक्ति एग्रो इन्डसट्रीज प्रा.लि. कपिलवस्तुको देखिएकोले सोही उद्योगका संचालक टोपनारायण बेल्बासे संग जानकारी लिंदा उक्त भिडियोमा भनिएका कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ।

भिडियो बनाउनेले पनि त्यस बिषयमा जानकारी नभै आफू भाइरल हुन नभएका कुरालाइ ल्याएर आम उपभोक्तालाई भ्रम छरी उद्योगगिहरुलाइ दुख दिएको गुनासो समेत गर्नुभयो।आजभोलि बिक्रीवितरण भैरहेका आम राइसमिलका चामलको गुणस्तरको चासो राख्नुभन्दा आफ्नो उद्योगको बिषयमा आएका कुराले आफू समेत अचम्मित भै खाध्य प्रबिधि तथा गुणस्तर बिभाग मै ल्याब टेस्ट गरि आफ्नो उद्योगबाट बिक्रीवितरण गरिएको चामलको गुणस्तर लाई आम उपभोक्ता सामु ल्याएकाले भ्रामक हल्लाका पछाडि नलाग्न आम उपभोक्ता लाई आग्रह समेत गर्नुभएको छ। कसैलाइ हाम्रो उधोगबाट उत्पदित चामल बारे कुनैपनी शंका र गुनासो भए प्रत्यक्ष सम्पर्कमा आइ बुझ्न र हेरेरै प्रयोग गर्न समेत आग्रह गर्नुभएको छ।

सरासर सोंच्दा नै प्लास्टिकका चामल बनाउन, चामलको दररेटमा प्लास्टिकका चामल बजारमा बिक्रीवितरण गर्न कत्तिको सहज र सम्भावना छ भन्दै प्रति प्रश्न समेत गर्नुभयो।आम नागरिकलाई यस्ता किसिमका भिडियोले ससंकित गराउनु स्वाभाविक हो। तर त्यस क्षेत्रमा लगानी गरेका सबैलाइ थाहा हुन्छ,त्यो सम्भावना छ कि छैन ? राज्यका हरेक क्षेत्रलाई अनुसन्धान गर्ने निकायहरू छन, ती सबै कुरालाइ बेवस्ता गरेर उद्योग ब्यापार संचालनमा निरंतरता दिन कत्तिको संभावना हुन्छ? त्यसैले यस्ता भ्रामक सन्देश प्रवाह गर्ने सबैलाइ सचेत गराउन आवस्यक रहेको समेत उद्योगि बेल्बासेले जनाउनुभएको छ। उधोगी बेल्बासे हालसम्म कपिलवस्तुको स्थापित सफल युवा ब्यबासाइ को परिचय बनाएको पात्र हुनुहुन्छ ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation