प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको ट्रेडिङ वानमा

रुपन्देही । गायक प्रकाश सपुतको नयाँ गीत युट्युब ट्रेडिङ वानमा परेको छ। सोमबार मात्रै सार्वजनिक भएको ‘मुटु कटक्कै’ बोलको गीत युट्युब ट्रेडिङ वानमा परेको हो। यस गीतलाई दुई दिनमै १२ लाख पटक हेरिएको छ।

‘मुटु कटक्कै’ गीत सोमबार गायक सपुतकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो। यो गीतमा सपूतले केटा मान्छेलाई रुन एउटा ठाउँ चाहिन्छ भन्ने विषयलाई उठाएका छन्। कतिपयले उक्त विषयलाई ट्रोल पनि बनाइरहेका छन्।

गीतको शब्द र संगीत प्रकाश सपुतकै रहेको छ। भिडियोमा उनले कुशुम शर्मा उर्फ सकम्बरीलाई आफ्नो अनस्क्रिन जोडी बनाएका छन्। सपूतका यसअघि ‘गलबन्दी’, ‘बोलमाया बोल’, ‘फुटेका चुरा’, ‘बदला बरीलै’, ‘मेरो पनि होइन र यो देश’, ‘पर–पर छु’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराजा’ र ‘कुरा बुझ्नुपर्छ एक र दुई’ लगायत गीत सार्वजनिक भइसकेका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation