बाणगंगा सामुदायिक पुस्तकालयलाई पुस्तक खरिदका लागि मरासिनीद्वारा नगद सहयोग गर्ने

सागर बेल्वासे, कपिलवस्तु ।

वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ । बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निवर्तमान सचिव बुद्धि सागर वेल्वासेले जानकारी दिनु भयो ।

अधिवेशन अन्तर्गत पुनः दिलिप कार्की अध्यक्ष र अन्य ६ जना सदस्य क्रमस दोलख बहादुर पछाइ,बुद्दिसागर बेल्बासे,चन्द्रकला बर्तौला,अनन्त राज रेग्मी,चित्रा भन्डारी र उमा बेल्बासे (विद्या) रहेको समिति निर्वाचित भएको छ।निर्वाचित ६ जना सदस्यबाट पदाधिकारी रहने गरि बाँकी सदस्य तथा विभिन्न उपसमिति पुस्तकालयको आगामी वैठकले टुङ्गो लगाउने कुरा सिद्धार्थ क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा निर्वाचन मण्डलका संयोजक बालाराम ज्ञावालीले जानकारी दिनुभयो ।

सो अवसरमा स्रष्टाहरुले पछिल्लो समय पठन संस्कृतिमा कमी आउँदै गरेको प्रति चिन्ता व्यक्त गरेका थिए भने सदस्यहरुले पुस्तकालयको भवन निर्माण गर्न आवश्यक रहेकोले सो सम्बन्धि उचित सहयोगका लागि सरोकारवाला संग अपिल गरेका थिए ।

संस्था का सचिब बुद्दिसागर बेल्बासे ले बार्सिक प्रगती प्रतिवेदन ,कोषाध्यक्ष चन्द्रकला बर्तौलाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक धर्मराज घिमिरेले लेखा प्रतिवेदन पेश गरेको सो कार्यक्रममा साहित्यकार विष्णु घर्ति भन्भनेलीलाई साहित्य रत्न २०८० ले सम्मान गरिएको निर्वतमान उपाध्यक्ष दोलख बहादुर पछाईले जानकारी दिनु भयो।उक्त स्रस्टा सम्मान को स्थापना शैक्षिक ब्याक्तित्व होराइजन स्कुलका प्राचार्य बासुदेब घिमिरेले गर्नुभएको छ।बार्सिक रुपमा २ जना स्रस्टा सम्मान गर्ने गरि सहयोग पुराउनुभएका घिमिरे र संस्थाका अध्यक्ष दिलिप कार्कि को हातबाट साहित्य रत्न अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर संस्थाको स्थापना कालदेखी हालसम्म संस्थाको श्रीबृद्दी का निमित्त समेत महत्त्वपूर्ण योगदान पुराउनुभएका साहित्यकार भनभनेनिलाइ सम्मान गरिएको थियो।त्यसै गरि संस्थाकि पुर्ब ब्यबस्थापक उमा बेल्बासे (विद्या) लाई समेत संस्थामा गरेको महत्त्वपूर्ण योगदान को सम्मान स्वरुप कदर पत्र द्वारा सम्मान गरिएको छ।

सो अवसरमा सरस्वती पुजा गरिनुका साथै स्रष्टाहरुले विभिन्न रचना बाचन गरेको थिए । पुस्तकालका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, वाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी थारुको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि, विष्णु घर्ति भन्भनेली, डबल सिंह जिसि, पूर्व उप सचिव सूर्य भुषाल, कपिलवस्तु उद्योग वाणिज्य संघ नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री, वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मरासिनिले बसन्त पन्चमी को धार्मिक महत्त्व को संक्षिप्त परिचय सहित पुस्तक र पुस्तकालय को महत्त्वलाई बुझ्ने बुझाउने अभियान महत्त्वपूर्ण रहेको बताउदै आफुले ब्याक्तिगत रुपमा संस्थालाइ धार्मिक पुस्तक खरिदका लागि रु १०००० (दस हजार रुपैया) आर्थिक सहयोग दिने उद्घोष गर्नुभएको छ। कार्यक्रम को संचालन संस्था का सचिब बुद्दिसागर बेल्बासेले गर्नुभएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation