लिटिल बर्डस ईङ्गलिस स्कुलको २४ औ बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न फागुन

सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिका वडा नं २ मा रहेको लिटल बर्डस ईङ्गलिस स्कुलको २४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्याब्सनका केन्द्रिय सचिवालय सदस्य लेखनाथ पौडेलले लिटल बर्डस ईङ्गलिस स्कुलले पछिल्लो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले यस क्षेत्रको बिश्वास जित्दै आएको बताउनु भयो ।

बिद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माले स्कुलको शैक्षिक गुणस्तरलाई कायम गर्दै अघि बढेको बताउनुभयो । शर्माले विद्यालयको भौतिक पुर्वाधारदेखि अन्य संरचनामा समेत आगामी दिनमा सेवा सुविधाहरु थप्दै जाने योजना रहेको जानकारी गराउनुभयो। शैक्षिक प्रतिवेदन प्रस्ततु गर्दै प्रिन्सिपल धर्मराज घिमीरेले विद्यालयको शैक्षिक स्तर बढ्दै गएको बताउनुभयो । उहाँले सैद्धान्तिक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सैनामैना वडा नं. २ का वडाध्यक्ष अमर बहादुर कंडेल,अभिभावक संघ सैनामैनाका अध्यक्ष विष्णु पाण्डेले शैक्षिक गुणस्तर बढाउँदै अघि बढ्न सुझाव दिनुभयो । सो कार्यक्रममा विद्यालयका भ्वाईस प्रिन्सिपल सुरेश पौडेलको स्वागत तथा शिक्षक अनिस भण्डारीको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा शैक्षिक तथा खेलकुद कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो । विद्यालयको प्राङ्गढमा भएको कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, अन्य शैक्षिक संस्थाका प्रिन्सिपल तथा प्रतिनीधि, शिक्षक एवम् विद्यार्थीको सहभागिता रहेको थियो ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation