
विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकामा आजबाट दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । सैनामैना वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर नमुना माबिबाट औपचारिक रुपमा खोप अभियानको सुभारम्भ गरिएको हो । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा र उपप्रमुख बिना रानाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गरि खोप अभियानको सुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले खोप सवैको पहुचमा पु¥याउन नगरका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी कर्मचारीहरुलाई खटाएको जानकारी गराउनु भयो । प्रमुख शर्माले विद्यालयमा खोप सञ्चालन सुरु गरिसकेपछि उनीहरुले घरमा र टोलमा गएर भन्ने भएकाले कुलै पनि बालवालिका खोप लगाउबाट नछुट्ने भएकाले यो अभियान विद्यालयवाट सुरुगरेको वताउनु भयो । उहाले कक्षा १० सम्मका जति वर्ष उमेर समुहका बालवालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने र खोप सबैको पहुचमा सहजरुपमा पुग्नु पर्ने समेत बताउनु भयो ।
यस्तै सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले सबै सामामुयिक र संस्थागत बिद्यालयहरुमा स्वास्थ्यकर्मी मार्फत खोप लगाउने ब्यवस्था मिलाईएको र बिद्यालय पहुच भन्दा बाहिर रहेका बालबालिकाहरुलाई स्वास्थ्य केन्द्रमा खोप लागउ समेत आग्रह गनुभयो । उहाले सम्पुर्ण नगरवासीलाई राष्ट्रिय अभियानकै रुपमा रहेको दादुरा–रुवेला विरुद्धको खोप फागुन २४ गते सम्म सैनामैना नगरपालिकामा खोप अभियान सञ्चालनको रुपमा रहेको समेत जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त कुमार श्रेष्ठले दादुरा–रुवेला रोगगको जटिलता बारे बताउदै ९ महिना देखी १५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई खोप लगाउने गरी तयारी गरिएको बताउनुभयो । उहाले निर्धक्क संग यो खोप लगाउन सम्पुर्ण वालवालिकाहरुलाई आग्रह गनुभयो । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी लाग्न सक्ने भएकोले नआत्तिन समेत जानकारी गराउनुभयो । नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने र सोही अनुरुप आजबाट सैनामैना नगरपालिकामा खोप अभियान संचालन गरिएको सैनामैनाका स्वास्थ्य शाखा प्रमुख बसन्त प्रसाद श्रेष्ठले बताउनु भयो ।
सैनामैना नगरपलिकाका स्वास्थ्य अधिकृत हेमराज पन्थीले सबै सरोकारवाला पक्षसंग खोपको बिषयमा अन्तरक्रिया गरी आवश्यक जनशक्ती तयार गरी आजबाट ५ दिन सम्म खोप अभियान संचालन हुने जानकारी गराउनुभयो । फागुन २० गतेबाट २४ गतेसम्म सैनामैनामा खोप अभियान संचालन रहने छ । खोप अभियान सुरु भएको पहिलो दिन ६ हजार ७ सय ७७ वालवालिकालाई लागाईएको पन्थीले बताउनुभयो । जसमा ९ महिना देखी ५ वर्ष सम्मका वालवालिकामा महिला ८५० र पुरुष ९७६ गरी जम्मा १६२८ र ५ वर्ष देखी १५ वर्ष सम्मका वालवालिकामा महिला २३२५ र पुरुष २६२४ गरी जम्मा ४९४९ वालवालिकालाई लगाएको छ । पहिलो दिन सैनामैना मावि.रानिवगिया, सुगाभा ई.बो.स्कुल, प्रभात ई.बो.स्कुल मुर्गिाया, मलमलादेवी मा.वि., रामापुर मा.वि., रेन्वो मन्टेश्वरी, सिद्धार्थ मेमोरीयल एकेडेमी, जनचेतना मावि., पशुपती मावि र कोटियादेवी मा.वि गरी ११ वटा विद्यालयमा खोप लगाइएको थियो । फागुन २१ गते सोमवार सैनामैना मेमोरीयल, न्यू एकेडमी स्कुल, सुगाभा ई.बो.स्कुल, रुपन्देही मोर्डन स्कुल र विस्डम मन्टेश्वरी, रामापुर मा.वि र कान्तिपुर कलौनी बोर्डिङ, सरस्वती मा.वि., सिद्धार्थ मेमोरीयल एकेडेमी, आधारभुत स्वास्थ्य सेवा केन्द्र सैनामैना–९, पशुपती मावि र पृथ्वी फलावर ई.बा.े स्कुलमा खोप सञ्चालन हुने स्वास्थ्य अधिकृत पन्थीले उपकार अनलाइनलाई जानकारी गराउनुभयो ।















