हर्षका आशु खसाल्दै भने, ६३ बर्षको उमेरमा भए पनि नागरिकता बन्यो

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ३ निवासी तक देवी पाइजाले ६३ बर्षको उमेरमा नागरीकता प्राप्त गर्नुभएको छ ।

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिकामा वि.सं २०१७ सालमा जन्मनुभएको पाइजा सानै उमेरदेखी भारतको सिम्लामा आफ्नो आमा वुवा संगं वस्दै आउनुभएको थियो । वुवा आमा रोजगारीको शिलसिलामा भारतमा वसोवास गर्नु हुन्थेयो तकदेवीले उपकार अनलाइन संग भन्नुभयो । बाबाआमा उतै भारतको सिम्लामा वित्नुभयो बाबा आमा दुवैको नागरिकता वनेको थिएन पछि मेरो विवहा भयो, विवहादर्ता पनि गरियो तर नागरिकता भने वनेन् । सुरुमात नाकरीकता किन चाइएला भन्ने भयो छोरा छोरी सवैको नागरिकता बनिसकेको थियो आफुको बुढेसकालमा किन चाइएला भन्ने भएर खासै चासो दिइन तर पछि गाउमा एउटा बैठक वस्दा वल्ल थाहा भयो नागरीकता चाहिने रहेछ । त्यस पछि नागरीक्ताको लागी वडामा गइयो सिफारीस ल्याइयो वुटवल पनि गइयो तर नागरीक्ता बनाउन सकिएन् ।

जन्म जिल्ला म्याग्दी दुइ तिन पटक पुगियो तर पनि नागरीकता वनाउन सकिएन पछि फेरी गाउमा बैठक वस्ने शिलसिलामा सैनामैना ३ निवासी जनप्रतिनिधि सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्री संग भेट भए पछि उहाले सवै प्रकृया सुरु देखी नै नागरीक्ता प्राप्त नगरुन्जेल कागज पत्र मिलाउने देखि म्याग्दी जिल्ला धवलागीरी गाउपालिका संगं समन्वय गरी पटक पटक जिल्ला कार्यलयमा गएर फागुन २३ गते ६३ वर्षको उमेरमा नागरीकता पाएको तक देवीले हामीलाई बताउनुभयो । अहिले नागरिक्ता पाएपछि पाइजा परिवार हर्षित छ ।

सैनामैना नगरपालिकाकी कार्यपालिका सदस्य मिरा क्षेत्री संग उपकार अनलाइनको टिमले यस विषयमा के रहेछ भनेर वुझ्न उहाकै घरमा पेग्यो क्षेत्रीले भन्नुभयो आफु कुनै कार्यक्रममा जादा तक देवी पाइजासंग भेट भएको र ६३ बर्षको उमेर सम्म पनि नागरिता नपाएको थाह पाए पछि उहालाई नागरिता दिलाउन आवश्यक प्रक्रिया गरेर नागरिता बनाउन सफल भएको बताउनु भयो । पहिलेका जनप्रतिनिधिले कुनै साथ सपोट नगर्दा उहाहरु सजिलै प्राप्त गर्न सकिने नागरीकता पाउन वन्चित हुनु परेको बताउनुभयो । पाइजाको बुबाआमाको नागरिकता थिइन भारतको सिम्लामा वितिसक्नुभएको रहेछ मैले उहासंग सोधखोज गर्दा पाइजाको ठुलो बुवाको पत्ता लाग्यो र सवै पकृया पुरा गरेर अहिले तकदेवीलाई नागरिकता दिलाउन सफल भएको कुरा बताउनुभयो । उहाले भन्नुभयो सवै नागरीकलाइ जुनसुकै काममा पनि जनप्रतिनिधिले आवश्यक साथ सहयोग गर्न पर्ने धारणा राख्नुभयो ।

लामो संर्षघ पछि नागरिता पाउन सफल भएकोमा तक देवीका श्रीमान लोक बहादुर कुवरले उपकार अनलाईनको टिम संग हर्षका आशु खसाल्नुभयो । उहाले भन्नुभयो नागरिताको लागी लामो समय प्रयास गर्दा समेत नागरीकता पाउन नसक्दा एक पटक कता कता आफु राज्यबाट अपहेलित भएको महसुस सम्म भएको बताउनु भयो । हर प्रयास गर्दा पनि श्रीमतीलाई नागरिता दिलाउन नसक्दा श्रीमान लोक बहादुर कवरले अहिलेको राज्य ब्यवस्था भन्दा पहिलाको राज्य ब्यवस्थानै आम सार्वसाधारणको हितमा रहेको महसुस गरेको बताउनु भयो । हाम्रो पालामा त सिदै घरमा बुझन प्रहरी आउथे र प्रमाण पुगे पछि सहजै नागरिता दिने स्मरण गर्दै कवरले अहिलेको ब्यवस्थाले झन झंन्झटिलो भएको बताउनुभयो ।

बिगतमा धेरै पटक वडा कार्यालय धाउदा समेत आवश्यक प्रक्रिया राम्रोसंग नगर दिदा आफुहरुले दुख पाएको समेत उहाको भनाई थियो । कहिले कहा कहिले कहा गर्दा पनि कसैले सहयोग गरेनन । भो नागरिता चाहिदैन नलिने निर्णयमा हामी पुगिसकेका थियो तर संयोगले सैनामैनाका जनप्रतिनिधि मिरा क्षेत्रीसंग भेट भएपछि नागरिता पाउने बातावरण बनेको लोक बहादुर कवरले बताउनु भयो ।

सैनामैना नगरपालिका वडा नं.३ पुषर््ी गंगानगरमा अहिले तक देवी, उहाका श्रीमान र तक देवीकी बहिनी बसोवास गर्दे आउनुभएको छ । दुइ छोरा र तीन छोरी जन्माएकी तकदेवीको एउटा छोरा भारत छन् भने अर्का छोरा केहि वर्ष पहिले सवारी दुर्घटनामा मृत्यु भएको थियो । दुई छोरी भारतमा रहेको र एउटा छोरी गाउमै विवाह गरेको पाइजाले जानकारी गराउनुभयो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation