सहमती कार्यान्वयन नहुदाँ पर्रोहा क्याम्पसको चुनाव विवादमा

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जायर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध आफ्नो उम्मेदवारी दर्ता गराएका थापाले उम्मेदवारी फिर्ता गर्ने समय सकिदा सम्म पनि उम्मेदवारी फिर्ता नगरे पछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि सहितका दलका प्रतिनिधि बसेर थापाको उम्मेदवारी फिर्ता गराउने मौखिक सहमती भएको थियो । तर अहिले सहमती तोड्दै आफु नभएको र आफ्ना कुनै प्रतिनिधि नभइकन पनि चुनाव गराएर सहमती बिपरीत सामाजिक रुपमा मान हानि हुने गरी निर्वाचनको नतिजा प्रकाशन गरेको थापाले बताएका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।
पर्रोहा बहुमुखी क्याम्पसमा म संग भएको सहमती बिपरीत सामाजिक रुपमा मलाई मान हानि हुने गरी निर्वाचनको नतिजा प्रकाशन प्रति मेरो घोर आपति छ । चुनाव नगर्ने सर्तमा प्रक्रिया मात्र पुर्याउने सहमती मसंग राजनैतिक दल र निर्वाचन समितिको भएकोमा यसको ठिक बिपरीत र मेरो कुनै पनि प्रतिनिधि नराखेर गरेको चुनाव नतिजा सहितमा निर्वाचन समिति बिरुद्ध म अदालत जाने र कानुनी बाटो अपनाउन मलाई बाध्य बनाईएको र यसको समाधान म कानुनी रुपमा अदालतबाट खोज्ने समेत सबैमा अपिल गर्न चाहन्छु । साथै मलाई सहमति अनुसार दिईने भनिएको पद पनि बहिस्कार गरेको घोषणा गर्दछु । धन्यवाद !

उम्मेदवार चौधरी र थापा के भन्नुहुन्छ  !

खुशिराम चौधरी :
पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका नेकपा एमाले तर्फका उम्मेदवार खुशिराम चौधरीले उम्मेदवारी फिर्ता लिने समय पटक पटक बढाउदै समय सकिदा समेत फिर्ता नलिए पछि निर्वाचन प्रकृया अगाढी वढेको र चुनाव चिन्न पनि प्रदान गरिसकेको तर कुनै सहमती नभएको बताउनुभयो । चुनाव चिन्ह पाइसके पछि पनि सहमती हुन्छ र उहाले भन्नुभयो । यो त हार्ने निश्चित भएपछि भागबन्डाका लागि गरिएको नाटक हो । उहाँले मुद्धा हाल्नेलाई हाल्न दिने र आफुले नहाल नभन्ने समेत जानकारी गराउनुभयो ।

उम्मेद्वार नेत्र थापा :
पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका स्वतन्त्र तर्फका उम्मेदवार नेत्र थापाले सवै राजनैतिक दल बसेर कोषाध्यक्ष पद दिने र कानुनी प्रकृयाका लागि दई चार भोट हालेर नतिजा निकाल्ने तर वाहिर सार्वजनिक नगर्ने सहमती भएको बताउनुभयो । थापाले भन्नुभयो निवेदनपनि आफुहरुले नै लेखेर ल्याए हस्ताक्षर गर्न लगाए । यदि चुनाव लड्न तयार थिए भने खै एमालेका साथीहरुले प्रचार प्रसार गरेको, खै चुनाव चिन्ह सार्वजनिक गरेको त्यसै चुनाव चिन्ह थाहा नभइ किन पनि भोट हालिन्छ र ? नेकपा एमालेले यस्तो खेल खेल्छ भन्ने आफुले नसोचेको र उनीहरुलाई विश्वास गरेर लिखित सहमती नगरेकोमा आफुलाई पश्चाताप लागेको बताउनुभयो । उहाँले भन्नुभयो क्याम्पस जस्तो ठाउँमा निर्वाचन गराउन हुन्न भन्ने ठानेर सहमती भयो, प्रत्यासीले निवेदन नै लेखेर आफू यो मतदान प्रक्रियामा सहभागी नजनाउने र आफ्नो प्रतिस्पर्धीलाई स्वतह विजय घोषणा गर्नको लागि निवेदन निर्वाचन समितिलाई बुझाइएको थिए ।

के भन्छन त राजनैतिक दलका प्रतिनिधिहरु :

राज बहादुर क्षेत्री (राष्ट्रिय स्वोतन्त्र पार्टि) :

राष्ट्रिय स्वोतन्त्र पार्टि सैनामैना नगर अध्यक्ष राज बहादुर क्षेत्रीले कोषाध्यक्ष दिने मौखिक सहमती भएको बताउदै आफु क्याम्पसको आजिवन सदस्य भएका कारण पनि शैक्षिक क्षेत्रमा सवै मिलेर जानु पर्ने वताउनुभयो । उहाँले सवैको सहभागीता हुनु पर्ने भन्दै सहमती गरेर पनि सहमती नगरेको भन्दै नतिजा सामाजिक सञ्जालमा राख्न नहुने जानकारी गराउनुभयो ।

मान बहादुर महत (नारायण) (नेकपा माओवादी केन्द्र):

नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मान बहादुर महत (नारायण)ले सवै राजनैतिक दलका प्रतिनिधि बसेर सहमती गराएको बताउनु भयो । उहाले भन्नुभयो यो सरासर राजनैतिक प्रपोकाण्ड हो । उहाहरुले सहमती गरेर सहमतीको पालना नगरेको समेत बताउनुभयो । उम्मेदवारीबाट राजिनामा दिन लागाउने र सदस्या वा कोषाध्यक्षमा लैजाने सहमती भएको हो । निर्वाचन प्रकृया केहि मात्रमा मतदान गरी औपचारीक्ता निभाउने सहमती भएको थियो तर मत परिणाम सहित सामाजिक सञ्जालमा राख्दा सहमती विरुद्ध भएको र थापालाई धोका दिएको आरोप लगाउनुभयो ।

चेतनारायण न्यौपाने (नेकपा एमाले):

नेकपा एमाले सैनामैना नगर कमिटि अध्यक्ष चेतनारायण न्यौपानेले म पार्टिको नगर अध्यक्ष भएको र कुनै किसीमको सहमती नभएको बताउनुभयो । उम्मेद्वार फिर्ता लिने समय सकि सकेर पनि निर्वाचन समितिले चुनाव चिन्ह प्रदान गरी सकेको थियो निर्वाचन त गराउनु पर्यो नि ? निर्वाचन गराउने पनि निति, नियम, विधि हुने भन्दै सोहि अनुरुप भएको उपकार अनलाई संग बताउनुभयो । उहाले राजनैतिक दलको सहमती भएको कुनै जानकारी नभएको र आफु त्यो वेलामा त्यहा नभएको जनाकारी गराउनुभयो । निर्वाचन प्रकृया अगाढी वढीसकेको थियो भाइको निवेदन पनि आएको थियो तर कार्यान्वयन नभएको कसैको हस्ताक्षर पनि नभएको न्यौपानेले जानकारी गराउनुभयो । उहाँले सामाजिक संस्थामा मिलेर काम गर्न पर्ने धारणा राख्नुभयो ।

चित्र ब. केसी(नेपाली कांंग्रेस):

नेपाली कांंग्रेस लुम्विनी प्रदेश सदस्य चित्र ब. केसीले सवै दल विच सदस्य वा कोषाध्यक्ष दिने सहमती भएको स्वीर्कानुभयो । समयमा उम्मेदवारी फिर्ता नलिएपछि चुनावी प्रकृयामा जानुपर्ने र केहि मतदाताले मतदान गर्ने र नतिजा सामाजिक सञ्जालमा सार्वजनीक नगर्ने गरी निकाल्ने मौखिक सहमती भएको केसीले बताउनुभयो ।

यय विषयमा थप वुझन निर्वाचन समितिका संयोजक चन्द्रकान्त भण्डारीलाई फोन सम्पर्क गरेयो फोन गयो तर उहाँको फोन उठ्न सकेन् । हामीले त्यस कारण थप विवरण उपलव्ध गराउन सकेनौं ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation