मिलन बि.सी.को आफ्नै कथामा आधारीत तिमि बिना

उपकार अनलाइन, सैनामैना ।
लोक तथा दोहोरी गायक मिलन बि.सी.ले आफ्नै कथामा आधारीत लोकदोहरी गीत तिमि बिना बजारमा ल्याउनुभएको छ । गायक बि सी को धर्मपत्नी स्वर्गीय कल्पना वि.सी को केहि महिना अघि मात्रै उपचारको कर्ममा मृत्यु भएको थियो । उनै धर्मपत्नी स्वर्गीय कल्पना को सम्झनामा तिमि विना गीत बजारमा ल्याएको गाएक वि सी ले उपकार अनलाइन संग बताउनुभयो ।

गीत संगीत प्राय कल्पना गरेर लेखिन्छ, गाइन्छ तर कतिपय गीत संगीत आफैलाइ परेर पनी लेखिने रहेछ । सवै बजारमा आएका गित संगीतले कसै न कसैको जीवन भोगाइलाई यथार्थ चित्रर्ण गरेको हुन्छ । कसै न कसैको जीवन भोगाइ संग मेल खाएको हुन्छ । गायक वि सी भन्नुहुन्छ सधै अरुको कथा लेख्ने गर्थे, गाउने गर्थे, कल्पना गरेर गीत वनाउने गर्थे आज म आफ्नै जीवन भोगाइको गीत दर्शक सामु पठाएको छु ।
मिलन विसीको सत्य घटनामा आधारित तिमि बिना गीत साच्चिकै माया यस्तो चिज हो, जुन आफ्नो भाग्यमा नै हुदैन उसैको बढी माया र याद आउने गर्दछ । जसलाई अव कहिल्यै पाइदैन उसैलाई मनले खोज्दो रहेछ । उनी विना केहि गर्न नसकिएको कुरा यस्तै गीतमा व्यक्त गरिएका शव्दहरु हुन् । मिलन विसीकै लय, शव्द, स्वर र अभिनय रहेको गीतमा गायिका शान्ति श्री परियारले स्वरमा साथ दिनुभइको छ भने अभिनयमा जुना गुरुङ लगायतले साथ दिनुभएकोछ । मिलन विसीको आफ्नै युट्युव बाट सावृजनिक भएको गीतको भिडियोको सम्पुर्ण काम विष्णु भट्टराईले गर्नुभएको हो ।

हाम्रो तर्फबाट सत्य घटनामा आधारित तिमि बिना गीतको सफलताको शुभकामना ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation