कलौनी कान्तिपुर स्कुलमा नि:शुल्क ५ दिने योग शिविर सम्पन्न

प्रदिप ज्ञवाली, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ मा अवस्थित कलौनी कान्तिपुर इङलिस स्कुलमा  नि:शुल्क योग शिविर सम्पन्न भएको छ । गरौँ योग, रहौँ निरोग भन्ने मुल नारा सहित कार्यक्रम गरिएको विद्यालय परिवारले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सैनामैना ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले विद्यालयले गरेको यस प्रकारको कार्यक्रमले समाज रुपान्तरणमा सहयोग पुग्ने कुरामा जोड दिनुभएको थियो । योग र ध्यानले मानिसमा शारीरिक ,मानसिक , संवेगात्मक , नैतिक र सामाजिक रुपमा पनि सकारात्मक प्रभाव पार्ने वडा अध्यक्ष पोख्रेलले बताउनुभयो ।

गत ३ गते मुक्तिनाथ धामका गुरु ब्रह्मनिष्ट सन्त शिरोमणि स्वामी श्री १००८ लोकानन्दजी महाराजद्वारा उद्घाटन भइ सुचारु भएको योग शिविर आज पाचौं दिनका दिन समापन भएको हो । कार्यक्रममा मन्तव्य राख्दै उपस्थिति, उत्साह र सिकारुको अनुशासन देखेर आफू प्रफुल्ल भएको कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशिक्षक हरीशरण पाण्डेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सुनिल पोख्रेलले योग शारीरिक मानसिक र आध्यात्मिक अभ्यास वा अनुशासनको एक समूह रहेहेको बताउनुभयो । स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक रहेको र स्वस्थ मानिसको चिनारी रोग मात्र नभएको भन्ने हुँदैन भन्दै मानिस स्वास्थ्य रहन शारीरिक, मानसिक र सामाजिक अवस्थामा पनि स्वस्थ रहन आवश्यक हुन्छ यसरी शारीरिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ बनाउने एक उपाय भनेको योग र ध्यान नै हो र सामाजिक आध्यात्मिक जागरणका लागि यस कार्यक्रम गरिएको प्राचार्य पोख्रेलले बताउनुभयो । योगका कारण शारीरिक, मानसिक अवस्था निर्मल रहन्छ र यही शारीरिक, मानसिक अवस्था राम्रो भयो भने मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ भन्ने दर्शन योग विज्ञानको पनि रहेको छ ।

कार्यक्रम अभिभावकलाई लक्षित गर्दै गरेको र अभिभावकको बाक्लो उपस्थितिले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला प्राप्त भएको कार्यक्रमका अध्यक्ष एवम् विद्यालय प्रधानाध्यापक सुनिल पोख्रेलले बताउनुभयो ।
कार्यक्रमबाट ५ सय बढी स्थानीय सइ्गै अभिभावक लाभान्वित भएका छन । कार्यक्रममा विद्यार्थीहरुले गणेश वन्दना,गुरु बन्दना ,हनुमान चालिसा वाचन गरी रोमाञ्चक बनाएका थिए।
विद्यालय प्रधानाध्यापक सुनिल पोख्रेलक‍ो अध्यक्षता, सैनामैना ६ का वडा अध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यता, योग प्रशिक्षक हरीशरण पाण्डेको विशिष्ट आतिथ्यता , सधिका विष्णु कोड्ल्य, साधिका शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो भनेकमला अधिकारीको शुभकामना एवम् संकर बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation