सकियो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनललइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको युवा लक्षित कार्यक्रम सैनामैना संचार प्रा.लिको ब्यवस्थापनमा सम्पन्न भएको हो ।
वडा नं ३ भित्रका युवाहरुलाइ लक्षित गरेर निःशुल्क लोक सेवा तयारी कक्षा १५ दिन सम्म दुई चरणमा संचालन भएको थियो । वडाका करिव ३० जना युवाहरु निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी भएका थिए । विहिवार समापन समारोहमा सहभागीको तर्फबाट बोल्दै कविता चापागाई र सरस्वती चौधरीले निःशुल्क लोक सेवा तयारी कक्षा निकै प्रभावकारी भएको बताएका छन् । कक्षा नलिदा सम्म त लोक सेवा पास गर्न निकै जटिल हुन्छ होला जस्तो लाग्थ्यो तर जव यो कक्षा लिए अहिले आत्मवल वढेर आयो लोक सेवा पास गर्न सकिन्छ जस्तो लाग्न थालेको सरस्वती चौधरीले सुनाउनुभयो । उहाँले वडा र संचार प्रा.लिलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता कार्यक्रम लिएर आउन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तम वहादुर पुर्जाले वडाका युवा शक्ति सवै विदेश पलायन हुन थाले भनेर युवाहरुका लागि यो निःशुल्क लोक सेवा तयारी कक्षा वडाको वार्षिक कार्यक्रममै समावेश गरेको बताउनुभयो । अव यो कक्षा लिएका सवै युवाहरुले देशमै वसेर काम गर्ने योजना बनाउन समेत वडा अध्यक्ष पुर्जाले आग्रह गर्नुभयो । अव थोरै पैसा भए पनि देशकै माटोमा वसेर काम गर्ने योजना सवैको मनमा हुनु पर्ने भन्दै वडाको तर्फ बाट युवाहरुका लागि जुनसुकै समस्यामा साथ दिने जनाउनुभयो ।

कार्यक्रममा वडा सदस्य मिरा क्षेत्रीले विधार्थिहरुलाई यस कक्षाबाट सिकेको पढाईलाई उपयोग गरि स्वदेशमै राष्ट्र सेवक बनेर देशको सेवा गर्नुपर्ने जोड दिदै उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो। प्रशिक्षक सैनामैना–३ का वडा सचीव पुण्य आचार्य र केशब पौडेलले छोटो अवधिमा सिकेका ज्ञानलाई प्रयोग गर्दै मेहनतका साथ अघि बढ्न सुझाव दिनुभयो । सहभागीहरुलाई सिकेको सिकाईको उपयोग गर्दै अवसरको पहिचान गरि निरन्तर मेहेनत र संघर्ष गर्दै अगाडी बढ्न सके सफलता अवश्य मिल्ने बताउँदै आगामी दिनमा आफुहरुबाट हुने सहयोग सदैब रहने आश्वासन दिनुभयो ।

कार्यक्रममा सैनामैना नगर कार्यापालिका सदस्य कर्ण बहादुर कार्की, जमुना पुन सुनार, किस एफएमका एमडि कृष्ण भण्डारी, रेडियो टाइम्सका एमडि नरेश चौधरी, रेडियो सैनामैनाका स्टेशन म्यानेजर अनिता चौधरी लगायतको आतिथ्यता रहेकोे थियोे । जेठ १ गतेबाट शुरु भएको लोकसेवा आयोग तयारी कक्षा १५ दिन सम्म वडा कार्यालयको सभाहलमा संचालन भएको थियोे । लोकसेवा तयारी कक्षामा वडाबाट महिला र पुरुष गरि ३० जना यूवा बिद्यार्थी भाइबहिनीहरुको सहभागिता रहको थियो । वडामा कक्षा ११, १२ र वि.एड अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरेर लोक सेवा कक्षा संचालन गरिएको हो।

सैनामैना सञ्चार प्रा लिका अध्यक्ष टीका खरेलको अध्यक्षता तथा सैनामैना–३ का वडा अध्यक्ष तम बहादुर पुर्जाको प्रमुख आतिथ्यता रहेकोे कार्यक्रममा किस एफ एमका एमडि कृष्ण भण्डारीको स्वागत तथा पत्रकार विमल गैरेको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation