पर्रोहा क्याम्पसमा वातावरण संरक्षण गर्न गोल्डेन ब्लू परियोजना सन्चालन

उपकार अनलाइन, सैनामैना ।
पर्रोहा बहुमुखी क्याम्पसद्वारा हरियाली प्रबर्द्धन र वातावरण संरक्षण गर्ने उदेश्यले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको छ ।

बुधवार ५१औं विश्व वातावरण दिवसको अवसर पारेर क्याम्पसले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको हो । यो परियोजना छोटो अवधीको परियोजना हो । यस सिजनमा कलेज परिसर वरपर मौसमी फूलहरू रोपेर कम्पाउण्डलाई प्राकृतिक रूपमा सुन्दर बनाउने लक्ष्य सहितको गोल्डेन ब्लू परियोजना सन्चालन गरेको क्याम्पसले जनाएको छ ।

गोल्डेन ब्लू परियोजना कार्यक्रम अन्तर्गत क्याम्पसले विभिन्न संघ संस्थालाई सुन्दर बनाउने तर्फ सहयोग र सहकार्य गर्ने समेत जनाएको छ । साथै विश्व वातावरण दिवसको अवसरमा क्याम्पसले बिद्यार्थीलाई प्रोत्साहन गर्न विरुवा हस्तान्तरण समेत गरेको छ । यो प्रोजेक्टको मुख्य उद्देश्य भनेको अक्सिजन उत्पादन तथा वातावरणीय संरक्षण गर्ने रहेको पर्रोहा बहुमुखी क्याम्पसका प्रमुख हेम शर्माले जानकारी गराउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation